डिआईजी भट्टराई एआईजी पदमा बढुवा सिफारिस - Chaitanya News
  • 2026-11-17
  • 11:16:12
  • मंगलबार,मंसिर ०२, २०८३
  • डिआईजी भट्टराई एआईजी पदमा बढुवा सिफारिस

    डिआईजी भट्टराई एआईजी पदमा बढुवा सिफारिस

    काठमाडौँ– नेपाल प्रहरीका डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा सिफारिस भएका छन्।

    आज (आइतबार) बसेको बढुवा सिफारिस समितिको बैठकले भट्टराईलाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो ।

    सचिवालयको २०८१–११–११ गते बसेको बैठकले कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत डिआइजीपी भट्टराई बढुवा सिफारिस गरेको जनाइएको छ।

    प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएपछि भट्टराईलाई एआईजीमा बढुवा गर्न बाटो खुलेको थियो।