काठमाडौँ– सङ्घीय संसद्को दुवै सदनको बैठक आज (आइतबार) बस्ने तय भएको छ। बैठक संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे सुरु हुनेछ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। त्यस्तै गृह मन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ।
त्यस्तै, राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको विधेयकहरूका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश जानकारी गराउने र विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दहालले नपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।