निजामती विधेयकमाथि टुंगो लगाउन ११ सदस्यीय उपसमिति गठन - Chaitanya News
  • 2026-05-23
  • 21:41:03
  • शनिबार,जेठ ०९, २०८३
  • निजामती विधेयकमाथि टुंगो लगाउन ११ सदस्यीय उपसमिति गठन

    निजामती विधेयकमाथि टुंगो लगाउन ११ सदस्यीय उपसमिति गठन

    काठमाडौँ– सङ्घीय निजामती सेवा विधेयकको टुंगो लगाउन एघार सदस्यीय उपसमिति गठन गरिएको छ। शुक्रवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले सङ्घीय निजामती सेवा विधेयकका विवादित विषय टुङ्ग्याउनका लागि नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा एघार सदस्यीय समिति गठन गरिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।

    दफावार छलफलका क्रममा सहमति नभएपछि उपसमितिमार्फत टुंगो लगाउन समिति गठन गरिएको उनले बताए। उनले भने, ‘छलफलको क्रममा पनि सहमतिमा पुग्न नसकेपछि समस्या आउने नै भयो। त्यसैले यी विवादित विषयहरू र अब सबैलाई एकीकृत अनुरोध गर्न चाहन्छु ।’

    सेवा शर्त सम्बन्धमा बनेका विधेयक सबै विषयमा छिटोभन्दा छिटो समितिमा पेस गर्ने गरी एउटा उपसमिति निर्माण गर्न तपाईंहरुलाई म अनुमतिका लागि अनुरोध गर्न चाहन्छु ।’

    समितिमा एमालेबाट रघुजी पन्त र लीलानाथ श्रेष्ठ, कांग्रेसबाट ईश्वरी न्यौपाने, माओवादी केन्द्रबाट हितराज पाण्डे, रास्वपाबाट डा।चन्दा कार्की, जसपा नेपालबाट प्रकाश अधिकारी, जसपाबाट अशोक राई, नेकपा एसबाट राजेन्द्र पाण्डे, राप्रपाबाट बुद्धिमान तामाङ र लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल सदस्य छन्।

    यी हुन् उपसमितिमा समावेश भएका सांसदहरू
    खतिवडाका अनुसार बडूको संयोजकत्वमा गठन गरिएको उपसमितिलाई विज्ञसँग बसेर छलफल गरिने भएको छ । यस्तै आन्तरिक रूपमा पनि बसेर टुंग्याउन भनिएको छ। उपसमितिमा सांसदहरू अशोक राई, ईश्वरी देवी न्यौपाने, चन्दा कार्की भण्डारी, दिलेन्द्र बडू, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे सदस्य छन्। उक्त उपसमितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्न समयसीमा दिइएको बताइएको छ।