आज एकै पटक तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-06-28
  • 01:23:09
  • शनिबार,आषाढ १३, २०८३
  • आज एकै पटक तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    आज एकै पटक तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ– आज (शुक्रबार) पनि तीन वटा संसदीय समितिको बैठक बस्ने तय भएको छ । जसअन्तर्गत बिहान ११ बजे बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकायरआयोजनाको पुँजीगत बजेटको कार्यप्रगति (अर्धवार्षिक)को बारेमा छलफल हुनेछ।

    यसगरी बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा माउन्ट एभरेस्ट ब्रुअरी प्रा।लि मा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा अर्थ मन्त्रालय,नेपाल राष्ट्र बैंक र उद्योग मन्त्रालयका प्रतिनिधिसँग छलफल हुने कार्यसूचि रहेको छ ।

    यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुने कार्ययोजना रहेको छ ।