सशस्त्र प्रहरी बलका ३ जना उपरीक्षक (एसपी)माथि छानबिन - Chaitanya News
  • 2026-04-28
  • 01:22:10
  • सोमबार,बैशाख १४, २०८३
  • सशस्त्र प्रहरी बलका ३ जना उपरीक्षक (एसपी)माथि छानबिन

    सशस्त्र प्रहरी बलका ३ जना उपरीक्षक (एसपी)माथि छानबिन

    काठमाडौं– सशस्त्र प्रहरी बलका ३ जना उपरीक्षक (एसपी)माथि छानबिन सुरु गरिएको छ। बारा, पर्सा र पश्चिम नवलपरासीमा कार्यरत एसपीहरूलाई छानबिनका लागी सशस्त्र प्रहरी बलले मुख्यालयमा झिकाएको छ। १२ नम्बर गण हेडक्वार्टर बाराका गणपति राजेन्द्र थापा, १३ नम्बर गण हेडक्वार्टर पर्साका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर नवलपरासी पश्चिमका प्रमुख रुपकुमार क्षेत्रीलाई प्रधान कार्यालयमा फिर्ता बोलाएको छ।

    केही कुरा बुझ्नुपर्ने भएको हुनाले ३ जना एसपीलाई प्रधान कार्यालयमा बोलाएको सशस्त्र प्रहरीका सह–प्रवक्ता ९डीएसपी० शैलेन्द्र खनालले बताए। मुख्यालयले छानबिनका लागी डाकेका ३ जना एसपी सिसम–२ का ब्याचमेट हुन्। प्रधान कार्यालयबाट छडके निरीक्षणमा खटिएको टोलीले त्रुटी औंल्याएर प्रतिवेदन दिएसँगै उनीहरू छानबिनमा तानिएका हुन्।

    छानबिन गर्दा त्रुटी प्रमाणित भए उनीहरूमाथि कारवाही हुनेछ। त्रुटी प्रमाणित नभए कार्यरत दरबन्दीमा फिर्ता पठाइने बताइएको छ। केही दिनअघि सशस्त्र मुख्यालयले एसपी टोपबहादुर डाँगी र उद्धव रावल नेतृत्वको छुट्टाछुट्टै मार्सल टोली विभिन्न जिल्लामा छड्के पठाएको थियो। सो टोलीले बारा, पर्सा र नवलपरासी पश्चिमका गणपतिहरूले आर्थिक अनियमितता गरिरहेको र तस्करीलाई प्रश्रय दिएको प्रतिवेदन मुख्यालयमा बुझाएका थिए। सशस्त्र प्रहरीले समय समयमा गोप्य टोली पठाएर छड्के निरीक्षण गर्दै आएको छ।