निर्वाचनपछि सत्ता गठबन्धनको पहिलाे बैठकको तयारी - Chaitanya News
  • 2026-04-27
  • 23:41:21
  • सोमबार,बैशाख १४, २०८३
  • निर्वाचनपछि सत्ता गठबन्धनको पहिलाे बैठकको तयारी

    निर्वाचनपछि सत्ता गठबन्धनको पहिलाे  बैठकको तयारी

    काठमाडौं– प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि सत्ता गठबन्धनको पहिला बैठक बस्ने तयारी भएको छ। प्रतिनिधि र प्रदेशसभाको सबै क्षेत्रको नतिजा आइसकेपछि बैठक बस्न लागेको हो।

    सबै क्षेत्रको नतिजा आइसकेपछि भोलिसम्ममा बैठक बस्न सक्ने प्रधानमन्त्रीको प्रेस सल्लाकार गोविन्द परियारले जानकारी दिए।

    उनले भने, ‘अहिलेसम्म बैठक बोलाउने कुनै निर्णय भएको छैन। तर, सबै क्षेत्रको नतिजा आइसकेपछि भोलिसम्म बस्न सक्ला।’

    सत्ता गठबन्धनमा कांग्रेस नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपा सामेल छन्। निर्वाचनमा भोट ट्रान्सफर नभएकै कारणले नतिजा अपेक्षा गरेअनुसार नआएको भन्दै माओवादी रुष्ट छ।

    अहिलेसम्म प्रत्यक्षमा कांग्रेसले ५७, एमालेले ४४, माओवादीले १७, नेकपा एसले १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाले ७र७, लोसपाले ४, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेमकिपाले ११ तथा स्वतन्त्रले ५ सीट जितेका छन् ।