रौतहट– रौतहट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। रौतहटको सदरमुकाम गौरमा जमिनमुनि लुकाएर राखेको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको हो। प्रहरीले गाँजा ढुवानी गरेर ल्याएको आरोपमा ट्रक र चालकलाई समेत नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट शनिबार खटिएको प्रहरी टोलीले गौर ३ स्थित कुखुरा फर्ममा छापा मारेर १ क्विन्टल ८० किलोग्राम गाँजा बरामद गरिएको एसपी वीरबहादुर ठाडा मगरले बताए। गाँजा ढुवानी गरेको आरोपमा प्रदेश ०१.००६(ख २८३० नम्बरको ट्रक र मकवानपुर आरा ३ का २१ वर्षीय चालक सुरेन्द्र स्याङतान सहितलाई नियन्त्रणमा लिइएको एसपी मगरले जानकारी दिए।्
मकवानपुरबाट ट्रकमा ल्याइएको गाँजा नियन्त्रणमा लिइएको जिल्ला प्रहरीका निमित्त प्रवक्ता डीएसपी उमाशंकर यादवले जानकारी दिए। कुखुरा फर्म सञ्चालक भारतीय नागरिक फिरोज मिया भने हालसम्म फरार रहेको र उनको खोजी भइरहेको प्रवक्ता यादवले बताए।