काभ्रेका नवनिर्वाचित सांसद बाँस्कोटाको घरमा राखिएको शंकास्पद वस्तु डिस्पोजको तयारीमा नेपाली सेना - Chaitanya News
  • 2026-06-17
  • 05:35:35
  • मंगलबार,आषाढ ०२, २०८३
  • काभ्रेका नवनिर्वाचित सांसद बाँस्कोटाको घरमा राखिएको शंकास्पद वस्तु डिस्पोजको तयारीमा नेपाली सेना

    काभ्रेका नवनिर्वाचित सांसद बाँस्कोटाको घरमा राखिएको शंकास्पद वस्तु डिस्पोजको तयारीमा नेपाली सेना

    काठमाडौं– एमालेका नेता तथा काभ्रेका नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा राखिएको शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको टोली आइपुगेको छ।

    प्रहरीले बम राखिएको आशंकामा डिस्पोजल टोलीलाई खबर लगतै नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेको हो। शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरिएको छ।

    भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु राखिएको फेला थियो। बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेको थियो।

    नवनिर्वाचित बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहेका छन्।