आजको मौसम: पहाडी क्षेत्रमा बदलीको सम्भावना - Chaitanya News
  • 2026-04-23
  • 08:39:33
  • बिहिबार,बैशाख १०, २०८३
  • आजको मौसम: पहाडी क्षेत्रमा बदलीको सम्भावना

    आजको मौसम: पहाडी क्षेत्रमा बदलीको सम्भावना

    काठमाडौं- नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नभएको मौसमविदले जनाएका छन् । बिहान मधेस र प्रदेश १ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

    दिउँसो प्रदेश– १ र गण्डकीका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    राति बागमती, मधेसलगायत लुम्बिनी, गण्डकी र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदलीको आंकलन गरिएको छ ।
    सोमबार प्रदेश– १ का पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना छ भने राति प्रदेश–१ का पहाडी र लुम्बिनीका एक–दुई स्थानमा आंशिक बदलीको सम्भावना छ ।