चीनको मेनल्याण्ड क्षेत्रमा पछिल्लो २४ घण्टामा ४२३३ जना कोरोना संक्रमित थपिए - Chaitanya News
  • 2026-09-15
  • 15:02:18
  • मंगलबार,भाद्र ३०, २०८३
  • चीनको मेनल्याण्ड क्षेत्रमा पछिल्लो २४ घण्टामा ४२३३ जना कोरोना संक्रमित थपिए

    चीनको मेनल्याण्ड क्षेत्रमा पछिल्लो २४ घण्टामा ४२३३ जना कोरोना संक्रमित थपिए

    बेइजिङ–  चीनको मेनल्याण्ड क्षेत्रमा एकैदिन ४ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

    राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बिहीबार ४ हजार २३३ मा कोरोना संक्रमण पुष्टि भएको हो। साथै ३० हजार ५३९ लक्षणविहीन संक्रमित थपिएका छन्।

    हाल रहेका संक्रमितमध्ये २४ घण्टामा २ हजार ८७७ निको भएका छन्।

    हालसम्म मेनल्याण्ड क्षेत्रमा ५ हजार २३३ जनाको कोरोनाका कारण मृत्यु भएको छ।