बाजुरामा प्रतिनिधि सभा सदस्यमा कांग्रेसका पाण्डेको अग्रता - Chaitanya News
  • 2026-04-27
  • 20:03:46
  • सोमबार,बैशाख १४, २०८३
  • बाजुरामा प्रतिनिधि सभा सदस्यमा कांग्रेसका पाण्डेको अग्रता

    बाजुरामा प्रतिनिधि सभा सदस्यमा कांग्रेसका पाण्डेको अग्रता

    काठमाडौं– बाजुरामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ। कांग्रेस उम्मेदवार बद्रीप्रसाद पाण्डेले पाँच हजार ४९१ मत प्राप्त गरेका छन्।

    उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कर्णबहादुर थापाले चार हजार १२९ मत प्राप्त गरेका छन्। कुल ६० हजार १५२ जनाले यस क्षेत्रमा मतदान गरेका थिए।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रदेश सभा (ख) मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले दुई हजार ९७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बलदेव रेग्मीले ९६२ मत प्राप्त गरेका छन्।

    यस्तै प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार पदम शाहीले दुई हजार ३८१ तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर थापाले दुई हजार ४५५ मत प्राप्त गरेका छन्।