काठमाडौँ– काठमाडौँ महनगरपालिकाले सरकारी जग्गा तथा सार्वजनिक सम्पत्ति व्यक्ति वा संघ संस्थाले, जफत गरेमा, क्षति वा नोक्सान पुर्याएमा कारबाही गर्ने भएको छ।
महानगरले सूचना गरी कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा नोक्सान पुर्याएमा कानूनबमोजिम कारबाही गरी क्षतिपुर्तिसमेत भर्ने महानगरपालिकाले जनाएको छ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ ९२० को खण्ड ९क० ले सार्वजनिक, ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने कर्तव्य स्थानीय तहलाई तोकेको महानगरले उल्लेख गरेको छ।
त्यसैगरी, ऐनको दफा ९७ (१) मा आफ्नो भौगोलिक क्षेत्र भित्रको सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत तथा सम्भार संरक्षण गर्ने कानूनी दायित्त्वसमेत स्थानीय तहलाई तोकेको महानगरले जारी गरेको सूचनामा बताइएको छ।