निजामतीमा सेवा प्रवेश ३२ वर्ष र अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने लोक सेवाको प्रस्ताव - Chaitanya News
  • 2026-09-24
  • 01:32:06
  • बुधबार,आश्विन ०७, २०८३
  • निजामतीमा सेवा प्रवेश ३२ वर्ष र अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने लोक सेवाको प्रस्ताव

    निजामतीमा सेवा प्रवेश ३२ वर्ष र अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने लोक सेवाको प्रस्ताव

    काठमाडौँ– लोक सेवा आयोगले निजामतीमा सेवा प्रवेश ३२ वर्ष र अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने बताएको छ।

    आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष माधव रेग्मीलेनिजामतीमा सेवा प्रवेश ३२ वर्ष र अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने प्रस्ताव गरेका हुन्।

    रेग्मीले सेवा प्रवेशमा पुरुषका लागि ३२ वर्ष र महिलाका लागि ३७ वर्षको सीमा राख्ने प्रस्ताव लिखित रूपमै पेस गरेका छन्। समावेशीतर्फ आउने अपाङ्गता लगायतका लागि पनि ३७ वर्ष नै राख्ने भनिएको छ।

    अनिवार्य अवकाश भने ६० वर्ष कायम गरिनुपर्ने प्रस्ताव आयोगको छ।