निजामती सेवामा प्रवेशका लागि ३२ र ३७ वर्षको हद नै उपयुक्त हुन्छ : लोक सेवा आयोग - Chaitanya News
  • 2026-09-24
  • 00:31:13
  • बुधबार,आश्विन ०७, २०८३
  • निजामती सेवामा प्रवेशका लागि ३२ र ३७ वर्षको हद नै उपयुक्त हुन्छ : लोक सेवा आयोग

    निजामती सेवामा प्रवेशका लागि ३२ र ३७ वर्षको हद नै उपयुक्त हुन्छ : लोक सेवा आयोग

    काठमाडौँ– लोक सेवा आयोगले निजामती सेवामा प्रवेशका लागि खुलामा ३२ वर्ष र समावेशीमा ३७ वर्षको उमेर हद नै उपयुक्त हुने सुझाव दिएको छ।

    आज (शुक्रबा) प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवा विधेयकबारे सुझाव राख्दै आयोगका अध्यक्ष माधव रेग्मीले निजामती सेवामा प्रवेशका लागि खुलामा ३२ वर्ष र समावेशीमा ३७ वर्षको उमेर हद नै उपयुक्त हुने सुझाव दिएका हुन्।

    सेवा प्रवेशको हकमा खुला ३२ र समावेशीको हकमा ३७ वर्ष नै उपयुक्त हुन्छ,” अध्यक्ष रेग्मीले समितिमा बोल्दै भने।

    प्रस्तावित विधेयकमा पनि पुरुषका लागि ३२ वर्ष र महिलाका लागि ३७ वर्षको उमेर हद कायम गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। यद्यपि, सांसदहरूले भने हाल रहेको व्यवस्था, जसअनुसार पुरुषका लागि ३५ वर्ष र महिलाका लागि ४० वर्षको समयसीमा छ, नै उपयुक्त हुने तर्क गरेका छन्।

    अध्यक्ष रेग्मीका अनुसार उमेरको हदलाई व्यवस्थित र सन्तुलित बनाउन हाल प्रस्ताव गरिएको सीमा नै उपयुक्त हुनेछ, जसले निजामती सेवाको प्रतिस्पर्धालाई थप प्रभावकारी बनाउने विश्वास छ।