कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : नेता डा कोइराला - Chaitanya News
  • 2026-04-23
  • 08:14:47
  • बिहिबार,बैशाख १०, २०८३
  • कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : नेता डा कोइराला

    कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : नेता डा कोइराला

    काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताएका छन्।

    विराटनगर-९ स्थित कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नयाँ सरकारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी ) सहित थप अन्य दल सरकारमा सहभागी हुने दाबी गरे।

    नेता डा कोइरालाले कांग्रेस संसदीय दलको नेताको सर्वसम्मति चयन अथवा निर्वाचन के गर्ने भन्ने विषयमा पार्टी सभापति र पार्टीका साथीसँग सल्लाह गरेर निर्णय गरिने जानकारी दिए।

    उनले मुलुकको समृद्धिका लागि सुशासन कायम गर्न र भ्रष्टाचार न्यूनीकरण गर्न अत्यन्त जरुरी रहेको बताए।

    नेता डा कोइरालाले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन निष्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न भएको र लोकतन्त्रको संरक्षणका लागि मतदाताले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएकामा धन्यवाद समेत दिए।