सुनसरी– ४ मा सञ्चारमन्त्री कार्की विजयी - Chaitanya News
  • 2026-04-27
  • 18:08:28
  • सोमबार,बैशाख १४, २०८३
  • सुनसरी– ४ मा सञ्चारमन्त्री कार्की विजयी

    सुनसरी– ४ मा सञ्चारमन्त्री कार्की विजयी

    काठमाडौं– सूचना, प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार कार्कीले एमालेका जगदीश कुसियैतलाई पराजित गरेका हुन्।

    मन्त्री कार्कीले ३० हजार ४८३ मत ल्याए। कुसियैतले ३० हजार ३७१ मत ल्याए। उनीहरूबीच केवल ११२ मतको अन्तर रहेको छ।

    यस्तै यस क्षेत्रका अन्य उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादवले तीन हजार २२४ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले तीन हजार १२७ मत ल्याए।

    यहाँ मतगणना चलिरहँदा ुधाँधलीु भएको भन्दै मन्त्री कार्कीको समूहले विवाद सुरु गरेको थियो। त्यसपछि यस क्षेत्रको मतगणना रोकिएको थियो। मतगणनाको क्रममा ६०६ मत एमालेतर्फ जोडेको कार्की पक्षको आरोप थियो। उनीहरूले पुनः मतगणनाको माग गरेका थिए।

    यसअघि २०७४ सालको संसदीय निर्वाचनमा पनि कार्की यही क्षेत्रबाट निर्वाचित भएका थिए।