काभ्रे– काभ्रेमा खसेको मत मध्ये ३२ हजार ४ सय ५५ मत बदर भएको छ। प्रत्यक्ष र समानुपातिक तर्फका सबै मतपत्रको कुल बदर मत ३२ हजार ४ सय ४५ रहेको छ। १ लाख ८७ हजार ३ सय ३० मत खसेकोमा १७।३१ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
काभ्रेपलाञ्चोक जिल्लामा प्रतिनिधि सभामा २ वटा र प्रदेश सभामा ४ वटा निर्वाचन क्षेत्र छन्। कुल मतदाता ३ लाख १० हजार ६३ मतदाता मध्ये १ लाख ८७ हजार ३ सय ३० मतदाता निर्वाचनमा सहभागि भएका थिए। यो कुल मतदाताको ६०।४० प्रतिशत हो। जसमा महिला ८६ हजार ४ सय ६२ सहभागि भएका थिए भने पुरुष १ लाख ८ हजार ६८ मतदाता सहभागि भएका थिए। पुरुष भन्दा महिला मतदाता कम सहभागि भएका थिए।
प्रतिनिधि सभा १ को प्रदेश १ मा २१ हजार २ सय ८१ पुरुष र १५ हजार ८ सय ७ महिला गरी ३७ हजार ८८ मतदाता सहभागि भएका थिए। प्रदेश सभा २ मा २४ हजार ६ सय ९१ पुरुष र २२ हजार १ सय ६० मतदाता गरी ४६ हजार ८ सय ५१ मतदाता सहभागि भएका थिए। प्रतिनिधि सभामा ८३ हजार ९ सय ३९ मतदाता सहभागि भएका थिए। प्रतिनिधि सभा १ मा कुल खसेको मतमा प्रत्यक्ष तर्फ ४ हजार ४ सय २६ मत बदर भयो भने समानुपातिक तर्फ ३ हजार ७ सय २२ मत बदर भएको छ। प्रदेश १ मा प्रत्यक्ष तर्फ १ हजार ५ सय ८४ मत बदर भएको छ भने प्रदेश २ मा प्रत्यक्ष तर्फ १ हजार ४ सय ६३ मत बदर भएको छ। प्रदेश १ र २ को समानुपातिक तर्फ ४ हजार ८ सय ७२ मत बदर भएको छ।
प्रतिनिधि सभा २ मा समानुपातिक तर्फ ३ हजार ९ सय १३ मत बदर भयो भने प्रत्यक्ष तर्फ ३ हजार ८ सय ३७ मत बदर भयो। प्रदेश सभा १ मा प्रत्यक्ष तर्फ १ हजार ४ सय ५१ मत, प्रदेश सभा २ मा १ हजार ७ सय ५१ मत बदर भयो। प्रतिनिधि सभा २ को प्रदेश सभा १ र २ मा समानुपातिक तर्फ ५ हजार ४ सय २६ मत बदर भएको छ।
मतदाता शिक्षा प्रभावकारी नहुँदा तथा राजनीतिक दलहरुको गठवन्धनका कारण धेरै मत बदर भएको आयोगको निश्कर्ष छ।
२०७४ मा यस्तो थियो
२०७४ सालमा सम्पन्न निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा कुल खसेको मत मध्ये १४ हजार २ सय ८६ मत बदर भएको थियो। त्यतिबेला २ लाख ७२ हजार २ सय ९२ मतदाता मध्ये १ लाख ९२ हजार ८ सय ७० मतदाताले मतदान गरेका थिए। खसेको मत मध्ये १ लाख ८४ हजार ५ सय ७१ मत मात्रै सदर भयो।
निर्वाचनमा ७९ हजार ४ सय २२ मतदाताले भाग नै लिएनन्। प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा सबै भन्दा धेरै ४ हजार २ सय मत बदर भएका थिए भने प्रतिनिधि सभा २ मा ४ हजार ९९ मत बदर भएको थियो । प्रतिनिधि सभा १ को प्रदेश १ मा १ हजार २ सय ६६, २ मा १ हजार ८ सय मत बदर भएको थियो।
त्यस्तै प्रतिनिधि सभा २ को १ मा १ हजार ३ सय २१ र २ मा १ हजार ६ सय मत बदर भएको थियो। २०७४ मा प्रतिस्पर्धामा उत्रिएका ५८ उम्मेदवार मध्ये १३ जना उम्मेदवारले १ सय मत पनि प्राप्त गर्न सकेका थिएनन । ५८ उम्मेदवारहरु मध्ये विजेता सहित १२ उम्मेदवारहरुको बाहेक ४६ जनाको जमानत जफत भएको थियो। कुल खसेको सदर मत मध्ये १० प्रतिशत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने कानुनी ब्यवस्था थियो।
२०७९ मा कहाँ कति मत बदर?
प्रतिनिधि सभा १ समानुपातिक –३७२२
प्रतिनिधि सभा १ को प्रदेश १ र २ समानुपातिक– ४८७२
प्रतिनिधि सभा २ समानुपातिक– ३९१३
प्रतिनिधि सभा २ को प्रदेश १ र २ समानुपातिक–५४२६
प्रतिनिधि सभा १ प्रत्यक्ष–४४२६
प्रतिनिधि सभा १ को प्रदेश १ प्रत्यक्ष–१५८४
प्रतिनिधि सभा १ को प्रदेश २ प्रत्यक्ष–१४६३
प्रतिनिधि सभा २ प्रत्यक्ष– ३८३७
प्रतिनिधि सभा २ को प्रदेश १ प्रत्यक्ष– १४५१
प्रतिनिधि सभा २ को प्रदेश २ प्रत्यक्ष– १७५१