काठमाडौं– मंसिर ४ गते सम्पन्न आम निर्वाचन अन्तर्गत प्रतिनिधिसभाको समानुपातिक तर्फको १ करोेड ७ लाखभन्दा बढी मित गनेर सकिएको छ। कुल १ करोड १० लाख मत खसेकोमा त्यति गणना गर्दा हालसम्मको सदर मत १ करोड २ लाख ३० हजार ६५५ हो। अब गन्न अब जम्मा ३ लाख मतपत्र मात्र बाँकी रहेका छन्।
हालसम्मको मत परिणाम अनुसार नेकपा (एमाले) २७ लाख २८ हजार ६२३ मत ल्याएर अगाडि रहेको छ भने दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ९८ हजार ५५६ मत पाएको छ।
नेकपा (माओवादी केन्द्र)ले ११ लाख ५४ हजार ५९१ मत ल्याएर तेस्रो दल बनेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी भन्दा केही कम ११ लाख ६ हजार ९१ मत ल्याएर चौथो दल बनेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८० हजार ४३४, जनता समाजवादी पार्टी नेपालले ४ लाख १२ हजार ८५८ र जनमत पार्टीले ३ लाख ८१ हजार ४२४ मत ल्याएर थ्रेस होल्ड कटाएका छन्।
नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९२ हजार १५८ मत ल्याएको छ। उसले थ्रेसहोल्ड कटाउन सकेको छैन । मत गणना जम्मा ३ लाख मात्रै बाँकी रहेकाले समाजवादी पार्टीले थ्रेसहोल्ड कटाउन सम्भावना कमजोर बनेको छ ।