दक्ष जनशक्ति उत्पादन गर्न दशरथ चन्द विश्वविद्यालयको अवधारणा ल्याइयो : शिक्षा मन्त्री भट्टराई - Chaitanya News
  • 2026-07-17
  • 00:41:14
  • बिहिबार,आषाढ ३२, २०८३
  • दक्ष जनशक्ति उत्पादन गर्न दशरथ चन्द विश्वविद्यालयको अवधारणा ल्याइयो : शिक्षा मन्त्री भट्टराई

    दक्ष जनशक्ति उत्पादन गर्न दशरथ चन्द विश्वविद्यालयको अवधारणा ल्याइयो : शिक्षा मन्त्री भट्टराई

    काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सुदूरपश्चिम क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवधारणा ल्याइएको बताएकी छन्।

    आज (शुक्रबार)सिंहदरवारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथिको छलफलका क्रममा मन्त्री भट्टराईले सबै पूर्वाधार निर्माण गरेर सुदूरपश्चिम क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ उक्त विश्वविद्यालयको अवधारणा ल्याइएको बताएकी हुन्।

    सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्य सेवा प्रवाहलाई सबलीकरण गर्न सोही क्षेत्रबाट नै जनशक्ति उत्पादन गर्न सरकार तयार भएको उनले बताइन्। उक्त विश्वविद्यालयको ५५ वटा साना ठूला भौतिक पूर्वाधारमध्ये ५० वटा संरचना निर्माण सम्पन्न भइसकेको ५ वटा सम्पन्न हुन लागेको उनले बताइन्। मन्त्री भट्टराईले चिकित्सा शिक्षा ऐनअनुसार विश्वविद्यालय सञ्चालन गरिने बताइन्।

    बैठकमा समिति सदस्यहरूले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सहज रूपमा अघि बढाउनका लागि छिटोभन्दा छिटो विधेयकलाई अघि बढाउन सुझाव दिएका थिए।