सुनसरी–४ मा एमालेका जगदिश भन्दा ज्ञानेन्द्रबहादुर कार्की ३९९ मतले अगाडि - Chaitanya News
  • 2026-10-13
  • 19:32:19
  • मंगलबार,आश्विन २७, २०८३
  • सुनसरी–४ मा एमालेका जगदिश भन्दा ज्ञानेन्द्रबहादुर कार्की ३९९ मतले अगाडि

    सुनसरी–४ मा एमालेका जगदिश भन्दा ज्ञानेन्द्रबहादुर कार्की ३९९ मतले अगाडि

    सुनसरी– सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणामअनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार कार्कीले ३९९ मतले अग्रता लिएका हुन्।

    सञ्चार मन्त्रीसमेत रहेका कार्कीले २६ हजार ७६० मत प्राप्त गर्दा एमालेका जगदिश प्रसाद कुसियैतले २६ हजार ३६१ मत प्राप्त गरेका छन्।

    दुई उम्मेदवारबीच कडा प्रतिष्पर्धा देखिएको छ। मतगणना जारी छ।