त्रिभुवन विश्वविद्यालयमा ८ डीन र ३ निर्देशक नियुक्त - Chaitanya News
  • 2026-07-17
  • 00:41:14
  • बिहिबार,आषाढ ३२, २०८३
  • त्रिभुवन विश्वविद्यालयमा ८ डीन र ३ निर्देशक नियुक्त

    त्रिभुवन विश्वविद्यालयमा ८ डीन र ३ निर्देशक नियुक्त

    काठमाडौं– त्रिभुवन विश्वविद्यालय को कार्यकारी परिषद्ले ८ डीन नियुक्त गरेको छ। (हिजो (शनिबार) डीन नियुक्त गरिएको रजिस्ट्रार केदार प्रसाद रिजालले बताए।

    ‘कार्यविधिको आधारमा नियुक्त गरिएको छ। तीन जनामध्ये एक जना छान्ने विधि प्रयोग गरियो,’ उनले भने। सर्वसम्मतिले डीन नियुक्त गरिएको उनले बताए। उनका अनुसार दोस्रो पटक डीन नदोहोर्‍याउने नीति छ।

    छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा विवाद थियो। वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको हो।

    प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले ७ पुस भित्र नियुक्त गर्न निर्देशन दिएका थिए।

    कोको बने डिन ?

    शिक्षाशास्त्र संकाय– प्रा‍.डा. बेदराज आचार्य

    वन विज्ञान अध्ययन संस्थान–सहप्राध्यापक ठाकुर सिलवाल

    चिकित्साशास्त्र अध्ययन संस्थान– प्रा‍.डा. मोहोनराज शर्मा

    मानविकी तथा सामाजिकशास्त्र–प्रा‍.डा. द्विविनन्द ढकाल

    व्यवस्थापन संकाय– प्रा‍.डा. महानन्द चालिसे

    विज्ञान तथा प्रविधि अध्ययन संस्थान– प्रा‍.डा. शंकर खनाल

    कृषि र पशुविज्ञान अध्ययन संस्थान– सहप्राध्यापक डा.किशोरचन्द्र दाहाल

    इन्जिनियरिङ अध्ययन संस्थान– प्रा‍.डा. सुशीलबहादुर बज्राचार्य

    तीन निर्देशक पनि नियुक्त:

    त्रिविको कार्यकारी परिषद्ले तीन निर्देशक पनि नियुक्त गरेको छ।

    शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा. सहप्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा‍.डा. मिनराज भण्डारी र योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मा नियुक्त भएका छन्।