शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाउनुपर्छ : मन्त्री पौडेल - Chaitanya News
  • 2026-07-17
  • 00:41:13
  • बिहिबार,आषाढ ३२, २०८३
  • शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाउनुपर्छ : मन्त्री पौडेल

    शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाउनुपर्छ : मन्त्री पौडेल

    काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाउनुपर्ने बताएका छन्।

    आज (शुक्रबार) ब्रिजवाटर कलेजद्वारा काठमाडौँमा आयोजित अभिनन्दन कार्यक्रममा बोख्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले शिक्षा शब्द आफैँमा गुणस्तरीय भएको समेत बताए।

    शिक्षा क्षेत्रमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान भएको उल्लेख गर्दै मन्त्री पौडेलले गुणस्तरीय नभनीकनै शिक्षा शब्दले राम्रो शिक्षा भनेको भन्ने बुझिने गरी गुणस्तरको सुनिश्चितता गरिनुपर्ने बताएका हुन्। राष्ट्रिय स्रोतलाई सुनिश्चित बनाउने गरी सबै क्षेत्रले काम गर्नुपर्ने भनाइ पनि उनको थियो।

    हुनेबाट लिएर नहुनेलाई राज्यले सहयोग गरी अभिभावकत्व ग्रहण गरेर सहयोग गर्नुपर्ने उनले बताए।