मुग्लिन–पोखरा सडक पाँच दिन अवरुद्ध हुने - Chaitanya News
  • 2026-11-22
  • 18:26:01
  • आइतबार,मंसिर ०७, २०८३
  • मुग्लिन–पोखरा सडक पाँच दिन अवरुद्ध हुने

    मुग्लिन–पोखरा सडक पाँच दिन अवरुद्ध हुने

    दमौली(तनहुँ)– मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ।

    जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८:०० देखि साँझ ६:०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ।