पाँचथरमा अन्तिम मत परिणाम सार्वजनिक, एमालेका नेम्वाङ विजयी - Chaitanya News
  • 2026-04-27
  • 16:25:33
  • सोमबार,बैशाख १४, २०८३
  • पाँचथरमा अन्तिम मत परिणाम सार्वजनिक, एमालेका नेम्वाङ विजयी

    पाँचथरमा अन्तिम मत परिणाम सार्वजनिक, एमालेका नेम्वाङ विजयी

    फिदिम– पाँचथर जिल्लामा प्रदेश र प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार राती १०.०० बजे प्रकाशन गरेको अन्तिम परिणाम अनुसार एमालेका वसन्तकुमार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन।

    उनले नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्वेलाई ४६ मत अन्तरले पराजित गरे। नेम्वाङले ३२ हजार एक सय ३५ मत प्राप्त गर्दा आङदेम्वेले ३२ हजार ८९ मत प्राप्त गरे। यसअघि मंसिर ९ गते बिहान प्रत्यक्ष तर्फको मत गणना सकिँदा नेम्वाङ र आङदेम्वेबीचको मत अन्तर ४७ थियो। नेम्वाङको विजयमा नेकपा एमाले र उक्त दलका समर्थकले विजय ¥याली समेत निकालेका थिए । तर, समानुपानितक तर्फको मत गन्न थाल्दा पुनः प्रत्यक्षका मत पत्र भेटिन थालेपछि विवाद भएको थियो। त्यसपछि निर्वाचन कार्यालयले अन्तिम मत परिणाम सार्वजनिक गरिएको थिएन।

    समानुपातिकतर्फको गणना सक्दा एमालेको चुनाव चिन्हमा भोट दिइएका २५ र कांग्रेसलाइ दिइएका २६ वटा मतपत्र भेटिएपछि तिनलाई पनि जोडेर मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले अन्तिम परिणाम सार्वजनिक गरेका हुन। दाहालले नेम्वाङलाई मध्यरातमै प्रमाणपत्र पनि वितरण गरेका छन।

    पुर्व भौतिक पुर्वाधार तथा योजना मन्त्री रहेका नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। यसैगरी पाँचथर प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) मा नेकपा एकिकृत समाजवादीका कमलप्रसाद जवेगु र .खं) मा इन्द्रवहादुर आङवो (मौसम) विजयी भएका छन।