टीआरसी पदाधिकारीबारे प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल, संक्षिप्त सूची सार्वजनिक गर्ने तयारी - Chaitanya News
  • 2026-06-29
  • 22:55:52
  • सोमबार,आषाढ १५, २०८३
  • टीआरसी पदाधिकारीबारे प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल, संक्षिप्त सूची सार्वजनिक गर्ने तयारी

    टीआरसी पदाधिकारीबारे प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल, संक्षिप्त सूची सार्वजनिक गर्ने तयारी

    काठमाडौं– सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग शीर्ष नेतृत्वसँग छलफल गरेका छन्।

    प्रधानमन्त्री ओलीले विहीबार बेलुकी कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त छलफल गरेका हुन्। छलफल सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगको पदाधिकारी चयनका विषयमा केन्द्रित थियो। तर छलफलमा ठोस सहमति नभएको स्रोतले बतायो।

    दुवै आयोगको पदाधिकारी छनोट तथा सिफारिस समितिमा संस्थागत र व्यक्तिगत गरी १५६ जनाको आवेदन परेको छ। तीमध्येबाट आज संक्षिप्त सूची सार्वजनिक गर्ने तयारी छ। त्यसका लागि समितिको बैठक आज दिउँसो दुई बजे बोलाइएको छ।