पार्किङ भाडा बढाइएको भन्दै त्रिभुवन विमानस्थल क्षेत्रमा ट्याक्सी चालकको प्रदर्शन - Chaitanya News
  • 2026-05-01
  • 14:16:59
  • शुक्रबार,बैशाख १८, २०८३
  • पार्किङ भाडा बढाइएको भन्दै त्रिभुवन विमानस्थल क्षेत्रमा ट्याक्सी चालकको प्रदर्शन

    पार्किङ भाडा बढाइएको भन्दै त्रिभुवन विमानस्थल क्षेत्रमा ट्याक्सी चालकको प्रदर्शन

    काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा बढाइएको भन्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन् । उनीहरुले मंगलबार बिहान विमानस्थलको आगमन गेट अगाडि प्रदर्शन गरेका छन्।

    विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ। त्यहाँ पार्किङ गर्ने सवारी साधनका धनीहरुले महँगो शुल्क तिर्नु परेको गुनासो गर्दै आएका छन्।

    पहिले पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएकोमा अहिले एकैचोटी ८० रुपैयाँ पुर्याइएको र १०० रुपैयाँ पुर्याउने धम्की दिइएको भन्दै ट्याक्सी चालकहरु गेट अगाडि नै बसेर प्रदर्शन गरेका छन्। प्रदर्शनको नेतृत्व जिफन्टसँग आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले गरेको छ।