गीत, कविता र उपन्यास लेखनमा विशिष्ट नाम बनाएका कवि कृष्ण जोशीको निधन - Chaitanya News
  • 2026-04-27
  • 13:11:09
  • सोमबार,बैशाख १४, २०८३
  • गीत, कविता र उपन्यास लेखनमा विशिष्ट नाम बनाएका कवि कृष्ण जोशीको निधन

    गीत, कविता र उपन्यास लेखनमा विशिष्ट नाम बनाएका कवि कृष्ण जोशीको निधन

    काठमाडौँ— गीत, कविता र उपन्यास लेखनमा विशिष्ट नाम बनाएका स्रष्टा कृष्ण जोशीको ८३ वर्षको उमेरमा सोमबार राति निधन भएको छ।

    कवि जोशीका निकटस्थ कवि प्रद्युम्न जोशीका अनुसार सोमबार बिहान मात्रै स्वास्थ्यमा केही समस्या देखिएपछि काठमाडौं मोडेल अस्पतालमा उपचारार्थ लगिएका जोशीको मध्यरातमा निधन भएको हो। उनको मंगलबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ।

    भोजपुरमा जन्मिएका कवि जोशी ‘मृत्यु दोहोरिन्छ, म बाँचे भने’ उपन्यास(२०३४) लेखनबाट साहित्यिक जगतमा चिनिन थालेका थिए। उनका ‘विसङ्गत स्वरहरु’, ‘पोखरीभित्रको शताब्दी’, ‘आगो समुन्द्र पानी समुन्द्र’, ‘चित्रदंश’, ‘ज्यामीपत्नीको घोषणा’ लगायतका कविता संग्रह र ‘असम्मत सम्मत’, ‘काठमाडौं वरिपरि’ उपन्यास समेत प्रकाशित छन्।

    वासु शशी साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष जोशी व्यथित काव्य पुरस्कार, भानुभक्त पुरस्कार, भोजपुरे सेवा समाज साहित्य सम्मान आदिबाट सम्मानित छन्। कवि जोशीका श्रीमती र ४ छोरा रहेका छन्।