आयोगको निर्देशनपछि सुनसरी–४ मा रोकिएको मतगणना शुरु गरिंदै - Chaitanya News
  • 2026-04-23
  • 03:44:50
  • बुधबार,बैशाख ०९, २०८३
  • आयोगको निर्देशनपछि सुनसरी–४ मा रोकिएको मतगणना शुरु गरिंदै

    आयोगको निर्देशनपछि सुनसरी–४ मा रोकिएको मतगणना शुरु गरिंदै

    काठमाडौं – शनिबारदेखि स्थगित भएको मतगणना शुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि सुनसरी–४ मा सर्वदलीय बैठक बस्दै छ ।

    आज (मंगलबार) बिहान ७ बजे सर्वदलीय बैठक बसेर रोकिएको मतगणना पुनः शुरु गर्ने तयारी भएको हो । सुनसरी–४ मा कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६०६ मत गडबड भएपछि पुनः मतगणनाको माग गर्दै आयोगमा निवेदन दिएका थिए ।

    तर, आयोगले पुनः मतगणना नभई अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गणना गर्न निर्देशन दिएको छ । अहिलेसम्म ६० हजार बढी मतगणना हुँदा कार्कीले ९८ मतले अग्रता लिएका छन् । सुनसरी–४ मा कार्की र नेकपा एमालेका जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा छ ।