प्रतिनिधि सभातर्फ धनुषा ४ मा कांग्रेसका महेन्द्र यादवले लिए अग्रता - Chaitanya News
  • 2026-10-13
  • 17:37:31
  • मंगलबार,आश्विन २७, २०८३
  • प्रतिनिधि सभातर्फ धनुषा ४ मा कांग्रेसका महेन्द्र यादवले लिए अग्रता

    प्रतिनिधि सभातर्फ धनुषा ४ मा कांग्रेसका महेन्द्र यादवले लिए अग्रता

    काठमाडौं– प्रतिनिधि सभातर्फ धनुषा ४ मा सत्ता गठबन्धनका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका यादवले नेकपा एमालेका रघुवीर महासेठसँग ७१९ मतको अग्रता लिएका हुन्।

    जारी मत गणनाको पछिल्लो परिणामअनुसार यादवले २७ हजार ४२० मत पाएका छन्। एमालेका महासेठले २६ हजार ७०१ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका महाजन यादवले ४ हजार ७९४ मत पाउँदा स्वतन्त्र उम्मेदवार २ हजार ७५८ मत पाएका छन्।