काठमाडौँ– कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान गरेको छ। नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो।
विश्वविद्यालयले आज एक सूचना जारी गर्दै १० दिनभित्र दरखास्त दिन आह्वान गरेको छ।
उपकुलपति बन्न इच्छुक उम्मेदवारलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८१ बमोजिम दरखास्त दिन भनिएको छ।
उम्मेदवारले शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखामा उल्लिखित कार्यविधिको अनुसूची १ मा उल्लेख गरिएको ढाँचामा १० दिनभित्र निवेदन दिन भनिएको छ। आजको मितिले दशौं दिनमा सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय समयभित्र दरखास्त दिन सकिने सर्च कमिटीले जनाएको छ।
![]()