भ्रष्ट्राचार मौलाइरहेक आरोप लगाउँदै विप्लव समूहले लगाए घोडाघोडी नगरपालिकामा ताला - Chaitanya News
  • 2026-04-27
  • 09:21:45
  • सोमबार,बैशाख १४, २०८३
  • भ्रष्ट्राचार मौलाइरहेक आरोप लगाउँदै विप्लव समूहले लगाए घोडाघोडी नगरपालिकामा ताला

    भ्रष्ट्राचार मौलाइरहेक आरोप लगाउँदै विप्लव समूहले लगाए घोडाघोडी नगरपालिकामा ताला

    धनगढी– नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोडाघोडी नगरपालिका कार्यालयमा तालाबन्दी गरेको छ।

    नगरपालिकामा जनप्रतिनिधिको संलग्नतामा नीतिगत भ्रष्ट्राचार मौलाइरहेको, जनताका समस्याप्रति उदासिन भएको लगायतका आरोप लगाउँदै तालाबन्दी गरिएको उक्त पार्टीका घोडाघोडी नगर समितिका इन्चार्ज भरत र सचिव अर्जुनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    उनीहरुले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा मादक पदार्थ सेवन गरी जनप्रतिनिधि र कर्मचारीले टेबुल र कम्प्युटर तोडफोड गरेको, ढुंगा, बालुवा उत्खननमा विना मापदण्ड ओसार पसार गर्न दिएको र पैसा असुल गरेको आरोप पनि लगाएका छन्।

    शनिबार नगर कार्यपालिका बैठक चलिरहेका बेला नेकपाका कार्यकर्ताले तालाबन्दी गर्दा कर्मचारी र जनप्रतिनिधि थुनिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी लक्ष्मण शाहीले बताए।