शिक्षकको तलब भत्ता मासिक रूपमा दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशन - Chaitanya News
  • 2026-07-16
  • 23:18:06
  • बिहिबार,आषाढ ३२, २०८३
  • शिक्षकको तलब भत्ता मासिक रूपमा दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशन

    शिक्षकको तलब भत्ता मासिक रूपमा दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशन

    काठमाडौँ– शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको तलब भत्ता मासिक रूपमा प्रदान गर्न निर्देशन दिएको छ।

    केन्द्रले ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको हो। चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिमा भएको व्यवस्था अनुसार शिक्षकलाई मासिक रूपमा तलब भत्ता भुक्तानी हुने व्यवस्था मिलाउन केन्द्रले निर्देशन गरेकोको हो।

    विद्यालयले त्रैमासिकको पहिलो महिनामा तीन महिनाका लागि नियमानुसार आवश्यक तलब भत्ता स्थानीय तहमा माग गर्ने र सोका आधारमा स्थानीय तहले विद्यालयलाई निकासा दिई विद्यालयले शिक्षकलाई नियमानुसार मासिक रूपमा तलब भत्ता भुक्तानी गर्नुपर्ने कार्यविधिमा भनिएको छ। तर, उक्त कार्यविधि अनुसार शिक्षकले मासिक रूपमा तलब पाउन नसकेको गुनासो गरेपछि केन्द्रले लिखित रूपमै निर्देशन दिएको हो।

    सरकारको आव २०८१–८२ को नीति तथा कार्यक्रममा शिक्षकको तलब मासिक रूपमा दिने उल्लेख छ।