पहाडी क्षेत्रमा बदलीको सम्भावना, तराईमा हुस्सु लाग्ने - Chaitanya News
  • 2026-04-24
  • 21:31:18
  • शुक्रबार,बैशाख ११, २०८३
  • पहाडी क्षेत्रमा बदलीको सम्भावना, तराईमा हुस्सु लाग्ने

    पहाडी क्षेत्रमा बदलीको सम्भावना, तराईमा हुस्सु लाग्ने

    काठमाडौं –  मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ र बागमतीका थोरै भू–भागमा आंशिक बदली रहेको छ, भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    आइतबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहने आंकलन गरिएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    सोमबार प्रदेश १ र बागमतीका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । तराईमा हुस्सु, कुहिरो लाग्ने थालेपछि तापक्रम क्रमिक रुपमा घट्दै गएको छ ।