१. द्वन्द्व र विवाद हरेक प्रकारका संगठनहरुमा कुनै न कुनै रुपमा अन्तरनिहित रहका हुन्छन् । संगठनका ब्यक्तिहरुवीच तथा संगठन र ब्यक्तिहरुवीच पनि कुनै न कुनै स्वरुपको द्वन्द्व विध्यमान रहेको हुन्छ । मानवशास्त्रीका अनुसार द्वन्द्व समाज र साँस्कृतिबीच हुने विभेदको अवस्था हो । अर्थशास्त्रीका अनुसार स्रोत र साधनहरुको बाँडफाँडमा हुने असमानता हो । मनोवैज्ञानिकका अनुसार सामुहिक र व्यक्तिगत हितको परिधिभित्रको विभेद हो भने राजनीतिज्ञहरुका अनुसार द्वन्द्व राजनीतिक सोचमा रहने वैचारिक भिन्नता हो ।द्वन्द्वलाई व्यक्तिगत, सामुहिक, संगठनात्मक, आन्तरिक वा वाह्य जस्ता विभिन्न प्रकारमा विभाजन गर्न सकिन्छ भने असर वा प्रभाव क्षेत्रका आधारमा सामाजिक, साँस्कृतिक, धार्मिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विवाद तथा द्वन्द्वका रुपमा वर्गीकरण गर्न सकिन्छ । नेपालको सार्वजनिक प्रशासनमा पनि राजनीति र प्रशासनवीच¸ कर्मचारी र सेवा ग्राही तथा निजी क्षेत्रवीच¸ कर्मचारीहरुका सेवा समूहहरुवीच¸कर्मचारीहरुका तहगत लगायत विविध प्रकृतिका द्न्द्वहरु रहेको देखिन्छ । यस प्रकारको द्वन्द्वको अवस्थाको सहज ब्यवस्थापन हुन नसकी सांगठनिक अराजकता उत्पन्न भएको पनि पाइन्छ । यस पृष्ठभूमिमा आधारित भइ नेपालको सार्वजनिक ब्यवस्थापनका द्वन्द्व ब्यवस्थापनको वर्तमान अभ्यासको समालोचना गर्नुहोस् । द्वन्द्वलाइ सृजनात्मकतामा रुपान्तरण गर्नका लागि नेपालको सार्वजनिक प्रशासनका नेतृत्वका लागि के कस्तो रणनीतिहरु प्रस्ताव गर्नुहुन्छ । ब्यवाहरिक र सृजनात्मक सुझावहरु दिनुहोस् ।
उत्तरको ढाँचा
नेपालको सार्वजनिक ब्यवस्थापनका द्वन्द्व ब्यवस्थापनको वर्तमान अभ्यासको समालोचना
नेपालको संविधानले स्वच्छ¸प्रतिस्पर्धी¸भ्रष्टाचारमुक्त¸निष्पक्ष¸जवाफदेहि तथा सहभागितामूलक सार्वजनिक प्रशासनको परिकल्पना गरेको¸ कार्यविभाजन नियमावली तथा सुशासन ब्यवस्थापन तथा सञ्चालन ऐन तथा नियमावलीहरुले राजनीति र प्रशासनको सीमा तोकेको¸प्रशासकीय कानूनहरुले पनि अधिकार क्षेत्र र सीमा तय गरी आपसी द्वद्वलाइ ब्यवस्थापनको प्रयास गरेको¸कर्मचारीका आचरण अनुशासनका ब्यवस्थाहरु¸ तलव पुनरावलोकन समिति, बढुवा उजुरी सुन्ने व्यवस्था, आधिकारिक टेड यूनियन¸ विभागीय कारवाहीमा लोकसेवा आयोगको परामर्श लिनुपर्ने अवस्था¸गुनासो सुनुवाइ संयन्त्रहरुको निर्माण¸कार्यसरलीकरण निर्देशिका¸भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन लगायतका प्रत्यक्ष अप्रत्यक्ष रुपमा द्वन्द्व र मनोमालिन्यलाइ ब्यवस्थित गर्ने प्रावधानहरु भएको भएतापनि ब्यवाहरमा अवस्था फरक छ । द्वन्द्व लाइ सांगठनिक रुपान्तरणका रुपमा उपयोग गर्नमा मूलत पात्रहरुको सोच र क्षमतामा समस्या देखिन्छ ।
- पन्छाउने¸अनावश्यक ठान्ने र नकरात्मक रुपमा लिने नेतृत्वको प्रवृत्ति
- पात्रहरुमा फरक विचारलाइ सहन नसक्ने प्रवृत्ति छ।
- Politics administration conflict: राजनीति र प्रशासनवीच तथा कर्मचारीहरुवीच कार्यक्षेत्र सम्बन्धी द्वन्द्व
- Traditional Paradigm: कार्यालयहरुमा win lose रणनीति नै बढी प्रयोगमा रहने अवस्था
- Inequality¸injustice and extractive attitude: स्रोत¸साधन र अवसरहरुको अति केन्द्रीकरण गर्ने प्रवृत्तिबाट अधिकांश कर्मचारीहरुमा निराशाको अवस्था देखिन्छ । वृत्ति विकासमा चरम द्वन्द्व – अवसरमा असमानता छ । स्रोत साधनको सीमितता, आकांक्षा धेरै भएकोले
- inter and intra layer conflict: अप्रत्यक्ष्य द्वन्द्वका कारण सार्वजनिक संगठनहरुमा क्षयीकरणको गति तीब्र रहेको देखिन्छ ।
- collaboration¸team work¸emotional intelligence जस्ता अवधारणाहरु सैध्दान्तिक अध्ययनमा मात्र सीमित भएको अवस्था देखिन्छ ।
- वार्ता गर्ने¸संझौता गर्ने र द्वन्द्वलाइ रचनात्मक रुपमा उपयोग गर्ने लगायतका दक्षताहरु निकै कमजोर अवस्थामा रहेका छन् ।
- सेवाग्राही र कर्मचारी बीच – सेवा प्रवाहमा¸कर्मचारी र सरकारबीच – सेवा, शर्त सुविधाका विषयका¸राजनीतिक र प्रशासनबीच द्वन्द्व – अधिकार क्षेत्रको विकासमा
- Diversity management र talent management लाइ प्राथमिकता नदिइने भएकोले पनि संगठनमा फरक विचार¸तर्क र बहसलाइ नरुचाउने प्रवृत्ति देखिन्छ ।
- प्रविधिका कारण बजारको गति र मागअनुकूल आफूलाइ रुपान्तरण गर्न सक्ने गतिशिल कर्मचारीतन्त्रको अभावले गर्दा पनि सेवाग्राही तथा निजीक्षेत्र र सार्वजनिक क्षेत्रवीच द्वन्द्वको अवस्था छ ।
- स्वार्थको द्वन्द्वलाइ ब्यवस्थित गर्ने कानूनहरुको अभावमा पनि यस प्रकारका द्वन्द्वहरु घनीभूत हुँदै गएका छन् ।
- ट्रेड युनियनहरुको बहकिएको भूमिका र सार्वजनिक प्रशासनमा राजनीतिक पहिचानको आध्दताका कारण पनि कर्मचारीहरुवीच अन्तरद्वन्द्व बढ्दै गएको पाइन्छ ।
द्वन्द्वलाइ सृजनात्मकतामा रुपान्तरण गर्नका लागि नेपालको सार्वजनिक प्रशासनका नेतृत्वका लागि आवश्यक रणनीतिहरु
- नेतृत्वको द्वद्न्द्वलाइ हेर्ने र ब्यवाहर गर्ने सोचमा रुपान्तरण गर्नु जरुरी छ ।
- नेतृत्वको क्षमता विकासका लागि सघन प्रकृतिका ब्यवाहरिक तालिम र क्षमता विकासका कार्यहरु सञ्चालन गर्ने
- हरेक संगठनहरुले स्वार्थको द्वन्द्वलाइ ब्यवस्थित गर्ने नीति र कानूनहरु निर्माण गर्नुपर्छ ।
- विविधता ब्यवस्थापन¸मेधावी ब्यवस्थापन र संवेगात्मक बौध्दिकतालाइ नेतृत्व र संगठनको प्रभावकारिता मूल्याङ्कनको आधारका रुपमा लिइने पध्दतिको विकास गर्ने ।
- लोकतान्त्रिक मूल्यहरुको विकास र कर्मचारीहरुमा स्वस्थ बहस गर्ने¸तर्क गर्ने¸फरक अस्थित्वलाइ सम्मान गर्ने सहनशीलता र करुणा जस्ता गुणहरुको विकास गराउने ।
- संगठनात्मक संस्कृतिमा रुपान्तरण गरी कार्यमूखी बनाउने
- आफ्नो संगठनलाइ learning, caring and sharing को संस्कृतिमा रुपान्तरण गराउने ।
- हरेक कार्यालयहरुका स्पष्ट कार्यविवरण¸कार्यालय ब्यवाहरहरुको संहिता¸पारदर्शी कार्यसंस्कृतिको विकास गराउनुपर्छ ।
- यस क्षमतालाइ पनि कार्यसम्पादन ब्यवस्थापनको एक अंगका रुपमा सूचकका रुपमा राख्न सकिन्छ ।
- आइपरेका समस्याका बारेमा छलफल, अन्तरक्रिया, राय सुझाब संकलन गर्ने तथा समाधानका लागि विकल्प छनौट गर्ने,
- गुनासो सुनुवाई अधिकृत, सूचना अधिकृत तोक्ने तथा संगठनमा देखिने मतभिन्नता तथा विवादको सुपरिवेक्षक, व्यवस्थापकले चाँडो व्यवस्थापन, सहजीकरण र मेलमिलापको वातावरणका लागि सहयोगी र सहजकारी भूमिका निर्वाह गर्ने ।
- वृत्तिविकास र स्रोतसाधनको वितरणमा न्याय र समानताको प्रत्याभूति गर्ने,
- सुपरिवेक्षकको व्यवहार निर्देशनात्मकभन्दा सहजकारी, पथप्रदर्शन गर्ने र सिकाइयुक्त तथा गल्ती सुधारतर्फको व्यवहार हुनुपर्ने,
- हरेक पदहरुको स्पष्ट कार्यादेश कार्यविवरण, अधिकार प्रत्यायोजन, स्पष्ट र दोहोरो सञ्चार प्रकृया, निर्णय प्रकृयामा सरोकार पक्ष सबैको सहभागीता एवं सांगठनिक सचेतना तथा सांगठनिक गतिविधि र योजनामा सबै कर्मचारीलाई सुसूचित गराउने।
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 569