1. प्रथम विश्वयुद्धमा नेपाल कुन राष्ट्रको तर्फबाट लडेको थियो ?
a. जापान B. बेलायत C. फ्रान्स D. जर्मनी
2. पक्राउ गरिएको व्यक्तिलाई पक्राउ भएको समय वा स्थानबाट बाटोको बाहेक कति समयमा मुद्धा हेर्ने अधिकार समक्ष पु¥याउनुपर्दछ ?
A. १२ घण्टा B. १ घण्टा C. ४८ घण्टा D. २४ घण्टा
3. घटना मितिको आधारमा निम्न ऐतिहासिक घटनाहरुको कुन क्रम सहि हो ?
A. पुनर्जागरण, गौरवमय क्रान्ति, फ्रान्सेली राज्य क्रान्ति, प्रथम विश्व युद्ध, रुसी क्रान्ति
B. पुनर्जागरण, गौरवमय क्रान्ति, प्रथम विश्व युद्ध, फ्रान्सेली राज्य क्रान्ति,रुसी क्रान्ति
C. पुनर्जागरण, फ्रान्सेली राज्य क्रान्ति, गौरवमय क्रान्ति, प्रथम विश्व युद्ध, रुसी क्रान्ति
D. पुनर्जागरण, गौरवमय क्रान्ति, फ्रान्सेली राज्य क्रान्ति, रुसी क्रान्ति, प्रथम विश्व युद्ध,
4. ”Calender”को विकास कुन सभ्यता सँग सम्बन्धित रहेको छ ?
A. माया सभ्यता B. हडहप्पा सभ्यता C. मिश्र सभ्यता D. रोमन सभ्यता
5. जोडा मिलाई कोडबाट उत्तर छान्नुहोस् ।
a. वीर अस्पताल 1. वि.सं. 1727
b. त्रिचन्द्र कलेज 2. वि.सं. 1947
c. विराटनगर जुट मिल 3. वि.सं. 1975
d. रानी पोखरी 4. वि.सं. 1993
A)a2,b3,c4,d1 B) a1,b3,c4,d2 C) a3,b2,c4,d1 D) a1,b2,c3,d4
6. लिच्छवीकालका सम्बधमा दिइएका जोडाहरु बारे विचार गर्नुहोस् ।
१. भट्टाधिकरण – जात र धर्मको रेखदेख गर्ने
२. विष्ट – झारा सम्बन्धी कार्य गर्ने अड्डा
३. परमासन – भन्सार सम्बन्धी कार्य गर्ने अड्डा
४. पाञ्चाली – गाउँको मुद्दा मामिला र विकास निर्माणको कार्य गर्ने अड्डा
माथि दिइएका जोडाहरुमा कुन जोडा सहि हो ?
A. सबै ठिक B. १ र ४ ठिक C. १,२ र ४ ठिक D. सबै बेठिक
7. नेपालको कुन प्रशासन सुधार आगोगले कर्मचारीको संख्या २५ प्रतिशतले कटौती गर्ने सिफारिस गरेको थियो ?
A. प्रशासन सुधार आयोग, २०२५ B. प्रशासन सुधार आयोग, २०३२
C. उच्चस्तरीय प्रशासन सुधार आयोग, २०४८ D. प्रशासन सुधार समिति, २०६५
8. संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा कुल खेतीयोग्य भूमिमध्ये वर्षभरी सिँचाई सुविधा पुगेको भूमि कति पु¥याउने लक्ष्य राखिएको छ ?
A. ७० B. ६० C. ८० D. ९०
9. सोह्रौ योजनाको अन्तिम वर्ष आर्थिक वर्ष २०८५र८६ सम्म नेपालीहरुको प्रतिव्यक्ति आय वार्षिक कति अमेरिकी डलर पु¥याउने लक्ष्य राखिएको छ ?
A. २२१५ B. २२५१ C. २३५१ D. २४५१
10.नेपालका राष्ट्रिय निकुञ्जलाई पूर्वबाट पश्चिम तर्फ मिलाउनुहोस् ।
१) चितवन राष्ट्रिय निकुञ्ज
२) मकालु बरुण राष्ट्रिय निकुञ्ज
३) रारा राष्ट्रिय निकुञ्ज
४) शुक्लाफाटा राष्ट्रिय निकुञ्ज
५) खप्तड राष्ट्रिय निकुञ्ज
६) लाङटाङ राष्ट्रिय निकुञ्ज
A. २,६,१,३,५,४ B. २,६,१,५,३,४ C. २,१,६,३,५,४ D. २,६,१,३,४,५
11. तल दिइएका नदीहरुको पूर्वबाट पश्चिमतर्फ क्रम मिलाउनुहोस् ।
A. दुधकोशी, तमोर, ईन्द्रावती, त्रिशुली, कालीगण्डकी
B. तमोर, दुधकोशी, कालीगण्डकी, ईन्द्रावती, त्रिशुली
C. त्रिशुली, तमोर, दुधकोशी, कालीगण्डकी, ईन्द्रावती
D. तमोर, दुधकोशी, ईन्द्रावती, त्रिशुली, कालीगण्डकी
12. महाभारतको पर्वतको सबैभन्दा अग्लो स्थान सेलुङ कुन जिल्लामा अवस्थित छ ?
A. डोटी B. दोलखा C. सोलुखुम्बु D. बझाङ
13. तलका भनाई विचार गर्नुहोस् ।
१. सूर्यबाट सबैभन्दा नजिकको ग्रह बुध हो ।
२. बुध सौर्यमण्डलको सबै भन्दा तातो ग्रह हो ।
३. सूर्यबाट सबै भन्दा टाढाको ग्रह वरुण हो ।
४. वरुण सौर्यमण्डलको सबैभन्दा चिसो ग्रह हो ।
A. सबै ठिक B. १ र ३ ठिक C. १,३ र ४ ठिक D. १,२ र ३ मात्र ठिक
14.रारा ताललाई कहिले देखि महेन्द्रताल नामाकरण गरिएको हो ?
A. वि.सं. २०२० चैत्र १० गते B. वि.सं. २०२० चैत्र १२ गते
C. वि.सं. २०२० चैत्र १३ गते D. वि.सं. २०२० चैत्र १५ गते
15. नेपालका संरक्षण क्षेत्रलाई ठुलो देखि सानोको उपयुक्त क्रम कुन हो ?
A. अन्नपूर्ण, कञ्चनजंघा, मनास्लु, गौरीशंकर, अपिनाम्पा
B. अन्नपूर्ण, मनास्लु, कञ्चनजंघा, गौरीशंकर, अपिनाम्पा
C. अन्नपूर्ण, मनास्लु , गौरीशंकर, कञ्चनजंघा, अपिनाम्पा
D. अन्नपूर्ण, गौरीशंकर, कञ्चनजंघा, अपिनाम्पा, मनास्लु
16. नेपालको कुन स्थानमा जैविक विविधता सूचना केन्द्र स्थापना गरिएको छ ?
A. काभ्रेपलाञ्चोक B. पोखरा C. काठमाडौँ D. चितवन
17. २०७८ सालको जनगणना अनुसार नेपाली भाषा बोल्ने जनसंख्या कति प्रतिशत रहेको छ ?
A) 44.86% B) 45.86% C) 44.86% D) 45.88%
18. खूशी सुचकांक 2024 अनुसार नेपाल विश्वको कति औ खुशी मुलुक हो ?
A) 92th B) 93th C) 94th D) 95th
19. नेपाल पछिल्लो पटक ग्ल्इ को कुन अंगको सदस्यमा निर्वाचित भएको छ ?
A. अन्तर्राष्ट्रिय न्यायालय B) UNO महासभा
C. आर्थिक तथा सामाजिक परिषद् D. सुरक्षा परिषद्
20. गोरखापत्रमा दैनिक प्रकाशनका लागि थप भएका नयाँ दुई भाषा कुन कुन हुन ?
A. डोटेली र बञ्जिका B. मारवाडि र डडेल्धुरेली
C. याक्खा र डडेल्धुरी D. राणा थारु र याक्खा
उत्तरहरुः
1. B 11. D
2. D 12. B
3. A 13. C
4. C 14. C
5. A 15. D
6. C 16. D
7. C 17. A
8. C 18. B
9. C 19. C
10. A 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 425