माओवादीले कटायो समानुपातिकतर्फ पाँच लाख मत - Chaitanya News
  • 2026-04-27
  • 05:36:44
  • आइतबार,बैशाख १३, २०८३
  • माओवादीले कटायो समानुपातिकतर्फ पाँच लाख मत

    माओवादीले कटायो समानुपातिकतर्फ पाँच लाख मत

    काठमाडौं– प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अहिलेसम्म १२ सिटमा विजयी भएको माओवादी केन्द्रले समानुपातिक तर्फ पाँच लाख मत कटाएको छ।

    निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार माओवादी केन्द्रले समानुपातिक तर्फ पाँच लाख ४ हजार ४७७ मत प्राप्त गरेको हो। समानुपातिक तर्फ सबैभन्दा धेरै मत पाएको एमालेले साढे ११ लाख मत कटाएको छ। उसले अहिलेसम्म ११ लाख ६१ हजार ९४२ मत पाएको छ।

    दोस्रो स्थानमा रहेको कांग्रेसले पनि समानुपातिकमा ११ लाख मत कटाएको छ। कांग्रेसले अहिलेसम्म ११ लाख ५ हजार ३२७ मत प्राप्त गरेको हो।

    समानुपातिक तर्फ अहिलेसम्म प्राप्त मतको आधारमा माओवादी भन्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अघि छ। उसले अहिलेसम्म ५ लाख ४४ हजार ६६७ मत प्राप्त गरेको छ।