1. आर्थिक वर्ष २०८१/८२ बजेट अनुसार बागमती प्रदेशको कुल बजेट कति रहेको छ ?
A. रु.६४ अर्ब ५४ करोड B. रु.४३ अर्ब ५४ करोड
C. रु.३५ अर्ब ४५करोड D. रु.६३ अर्ब ५४ करोड
2. १६ औ योजनाले योजनाको अन्त्य सम्म (२०८१/०८२-२०८५/०८६) लैङ्गिक विकास सूचकांक कति पु¥याउने लक्ष्य लिएको छ ?
A. ०.९६७ B. ०.८८५ C. ०.४९५ D. ०.६००
3. कृषि व्यवसाय एवं उपभोक्ताको हितलाई ध्यानमा राखी कृषि मुल्य सूचना प्रणाली कुन प्रदेशमा सञ्चालनमा ल्याइएको छ ?
A. सुदुरपश्चिम प्रदेश b. कर्णाली प्रदेश c. कोशी प्रदेश d. गण्डकी प्रदेश
4. नाइट वाचम्यान शब्द कुन खेल सँग सम्बन्धित रहेको छ ?
A. ब्याडमिण्टन B. बास्केटबल C. पोलो D. क्रिकेट
5. प्रधानमध्यान्ह रेखा सम्बन्धि तलका भनाई विचार गर्नुहोस् ।
१. प्रधानमध्यान्ह रेखा शुन्य डिग्रीमा देशान्तर मानिन्छ ।
२. प्रधानमध्यान्ह रेखा पूर्वको समय छिटो र पश्चिमको समय ढिलो हुन्छ ।
३. पृथ्वीको ठीक वीचबाट आधा हुने गरी पृथ्वीको उत्तर ध्रुवदेखि दक्षिण ध्रुवसम्म खिचिएको ठाडो शून्य डिग्री काल्पानिक देशान्तर रेखालाई प्रधानमध्यान्ह रेखा भनिन्छ ।
A. १ र २ मात्र सहि B. २ र ३ मात्र सहि C. सबै सहि D. सबै गलत
6. पाँच समुन्द्रको बन्दरगाह भनेर कुन देशलाई चिनिन्छ ?
A. श्रीलंका B. रसिया C. इण्डोनेसिया D. नेदरल्याण्ड
7. २००७ साल फागुन ७ गते गठित मन्त्रिमण्डल अनुसार जोडा मिलाउनुहोस् ।
खण्ड क खण्ड ख
A.वनमन्त्री 1.बबर शमशेर ज.ब.रा
b.अर्थमन्त्री 2.भद्रकाली मिश्र
c.याततयात मन्त्री 3.सुवर्ण समशेर ज.ब.रा
d.रक्षामन्त्री 4.चुडा शमशेर ज.ब.रा
A)a1,b3,c2,d4 B) a4,b3,c1,d2 C) a4,b3,c2,d1 D) a1,b3,b4,d2
8. हालसम्म पनि शिखर सम्मेलन आयोजना नगर्ने सार्क सदस्य राष्ट्र कुन हो ?
A. भुटान B. माल्दिभ्स C. अफगानिस्तान D. बंगलादेश
9.International Olympic Day कहिले मनाईन्छ ?
A) Jun 23 B) Jun 24 C) March 4 D) May 23
10. गण्डकी प्रदेशको दोस्रो आवधिक योजना (२०८१/८२ ( २०८/८६) को आधारपत्र अनुसार योजनाको अन्त्यसम्ममा कति मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ?
a. ३००० मेगावाट B. २५०० मेगावाट C. १५००मेगावाट D. २००० मेगावाट
11. नेपालमा कुन राणा प्रधानमन्त्रीको पालामा २० वर्षे आर्थिक योजना घोषणा गरिएको थियो ?
A. विरशमशेर B. चन्द्र शमशेर C. जुद्धशमशेर D. भीमशमशेर
12.Artificial Intelligence Chabat (Chat GPT) का विकास कुन कम्पनीले गरेको हो ?
A) Google B) Microsoft C) Open AI D) Meta Platforms
13. निम्न लिखित जोडा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
उपकरण आविष्कारक
1. सिमेन्ट – एस्पिडिन
2. क्यालकुलेटर -रवर्ट वाट्सनवाट
3. माईक्रोफोन – अलेक्जेण्डर ग्राहमबेल
4. क्यामेरा – जोसेफ नियसी
A. 1 र 2 ठिक B. 2 र 3 ठिक C. 1 र 4 ठिक D. सबै ठिक
14. प्राणीहरुको विकासवादी सिद्धान्तका प्रतिपादक को हुन ?
A. ग्यालिलियो B. चाल्र्स डार्विन C. माईकल फराडे D. आईज्याक न्युटन
15. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
संस्थाहरु केन्द्रीय कार्यालय
a. अन्तर्राष्ट्रिय कृषि विकास कोष 1. लण्डन, जापान
b. अन्तर्राष्ट्रिय कानून संगठन 2. रोम, ईटली
c. अन्तर्राष्ट्रिय मुद्रा कोष 3. लण्डन, बेलायत
d. अन्तर्राष्ट्रिय समृद्रिक संगठन 4. वासिङटन डि.सी, अमेरिका
A) a2,b1,c4,d3 B) a2,b3,c1,d4 C) a4,b3,c2,d1 D) a1,b2,c3,d4
16. नेपाल संयुक्त राष्ट्र संघको आर्थिक सामाजिक परिषद्को सदस्यमा कहिले निर्वाचित भएको हो ?
a. २०२३ अप्रिल १ B. २०२२ मे १ C. २०२३ जुन १८ D. २०२३ मार्च १७
17.SAARC विशेषताहरुमा कुन पर्दैन ?
A. संगठनका अंगहरु सदस्य देशका राष्ट्रिय अंगमा आधारित छन ।
B. संगठनको वित्तिय व्यवस्था सदस्यको स्वेच्छामा आधारित छ ।
C. सबै अंगहरुमा सर्वसम्मतीबाट निर्णय लिने प्रणाली रहेको छ ।
D. आवश्यकता अनुसार द्धिपक्षीय विषयमा पनि छलफल हुन्छ ।
18.सार्क मुलुकमा नेपालका राजदुतावास भएका राष्ट्रहरुको क्रम मिलाउनुहोस् ।
1. भारत 2. पाकिस्तान 3. अफगानिस्तान 4. बंगलादेश 5. भुटान
A) 1,2,3 B) 2,3,5 C) 3,4,5 D) 1,2,4
19. नेपाल र भारत बीच शान्ति तथा मैत्री सन्धी कहिले भएको थियो ?
A. सन् १९५० जुलाई ३१ B. सन् १९५० मे ३१ C. सन् १९५१ जुलाई ३१ D. सन् १९५२ जुलाई ३१
20. जोडा मिलान गरि सहि विकल्प छान्नुहोस् ।
प्रचलन चलाउने व्यक्ति
a. अवराधीलाई नगद दण्ड गर्ने 1. मानदेव
b. लुमडी भद्रकाली नाँच 2. जयस्थित मल्ल
c. झ्यालमा बुट्टा हाल्ने 3. रत्न मल्ल
d. विजय यात्राको प्रचलन 4. नरेन्द्र देव
5. यक्ष मल्ल
A) a2,b3,c4,d1 B) a2,b1,c3,d4 C) a4,b3,c1,d5 D) a5,b1,c4,d3
उत्तरहरुः
1. A 11. C
2. A 12. C
3. C 13. C
4. D 14. B
5. C 15. A
6. B 16. C
7. C 17. D
8. C 18. D
9. A 19. A
10.D 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 664