काठमाडौँ — कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन् । पन्तले उक्त क्षेत्रका निवर्तमान सांसद एमालेका नारदमुनी रानालाई पराजित गरेका हुन्।
शुक्रबार बिहान सम्पन्न मतगणनामा पन्तले रानालाई १ हजार ७४ को मतान्तरले पारजित गरेका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेसका उम्मेदवार डिल्लीराज पन्त २१ हजार ३ सय ९२ मत ल्याएर निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार रानाले २० हजार ३ सय १८ मत ल्याएका छन्।