काठमाडौं– काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाको जित निश्चित भएको छ।
गणना हुबेथानचोक, बनेपा पनौतफ, भुम्लु मन्डनदेउपुर, पाँचखाल, धुलिखेलका ३ वडाको मत गणना भइसक्दा बाँस्कोटाले ४३ हजार ६८१ मत पाएका छन् भने कांग्रेसका ३७ हजार ९६३ मत पाए।
राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ९४७८ मतका साथ तेस्रो स्थानमा छन् भने यसु आले मगरले १४२२ मत पाएका छन् ।न बाँकी मत ५००९ हुँदा बाँस्कोटाले ५७१८ मतान्तरसहित जित सुनिश्चित गरेका हुन्।