काठमाडौँ– आज (आइतबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबारको तुलनामा आज तोलामा ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो। शुक्रबार प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा आइतबार ४० रुपैयाँले बढेको छ। शुक्रबार १८६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला १९०० कायम भएको छ।