काठमाडौँ– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ।
आज (शुक्रबार) बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भइरहेको समिति सभापति सूर्य थापाले जानकारी दिए।
शुक्रबार अपराह्न ४ बजे गृह मन्त्री रमेश लेखकसँग छलफल गर्ने तयारी छ । आजै छलफल टुङ्ग्याएर प्रतिवदनलाई अन्तिम रूप दिइने थापाले बताए
गृह मन्त्री लेखक, गृह सचिव र प्रहरी प्रमुख सहितलाई समितिमा आमन्त्रित गरी छलफल गर्न लागिएको उनले बताए।
सहकारी ठगीका फरार प्रतिवादीहरूलाई स्वदेश झिकाउने विषयमा भइरहेको प्रगतिबारे समितिले ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उनले बताए।
समितिको १३ साउनमा बसेको बैठकले सहकारी ठगीका फरार प्रतिवादीलाई स्वदेश झिकाउन समितिले निर्देशन दिएको थियो।
१५ भदौमा बसेको प्रतिनिधि सभा बैठकले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन समिति गठन गर्ने निर्णय गर्दै २२ जेठमा पहिलो बैठक बसेको थियो।