लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-28
  • 22:55:49
  • बिहिबार,जेठ १४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    1. आन्तरिक नियन्त्रण प्रणालीको अंगको रुपमा रहेको आन्तरिक लेखा परीक्षणको कार्यक्षेत्र र विधिहरु उल्लेख गर्नुहोस्। (५.५) १०

     आन्तरिक नियन्त्रण व्यवस्थापनको अभिन्न अंग हो। तर नेपालमा यसलाई आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र नियमावली २०७७ ले नै विशेष महत्व दिएको छ। नेपाल कानूनले आन्तिरिक नियन्त्रणमा आन्रिक लेखा परीक्षण र आन्तरिक नियन्त्रण समिति दुई प्रकारले कार्वाही गर्ने कुरा उल्लेख गरेको छ।
     आन्तरिक लेखा परीक्षण व्यवस्थापन आफैले आफनो वित्तीय कारोवारको स्वच्छता, शुद्धता र प्रामाणिकताका विषयमा आफै विश्वस्त हुन अपनाइने विधि हो।
     नेपालमा आन्तरिक लेखा परीक्षण अन्तिम लेखा परीक्षणको पूरकका रुपमा पनि रहन्छ।
     नेपालमा आन्तरिक लेखा परीक्षण गराउने काम महालेखा नियन्त्रकलाई तोकिएको छ। सञ्चित कोष पनि उसैबाट सञ्चालन हुने भएको र लेखा प्रणालीको कार्यान्वयनकर्ता भएकोले यो उपयुक्त पनि छ।
     नेपालमा आन्तरिक लेखा परीक्षणका कार्यक्षेत्र यी हुन् :
    – विनियोजन ऐन बमोजिम निर्दिष्ट गरिएका क्षेत्रमा खर्च भए नभएका
    – कारोवार तोकिएको ढाँचामा राखे नराखेको,
    – विनियोजन, धरौटी, राजस्व तथा अन्य कारोवारको केन्द्रीय लेखा राखी केन्द्रीय वित्तीय विवरण तयार पारे नपारेको,
    – सञ्चित केोष, कार्य सञ्चालन कोष तथा अन्य कोषहरुको हिसाव यथार्थ भए नभएको
    – अन्तरसरकारी वित्तीय करोवारको केन्द्रीय लेखा राखी केन्द्रीय वित्तीय विवरण बनाए नबनाएको,
    – समयमा बजेट निकासा लिए नलिएको
    – आयोजना लेखाको आन्तरिक लेखा परीक्षण समयमा भए नभएको
    – आर्थिक विवरणले सो अवधिको यथार्थ चित्रण गरे नगरेको
    – खर्च पुष्टि गर्ने प्रमण एथेष्ट भए नभएको
    – खर्च गर्ने अधिकारीको स्वीकृति भए नभएको
    – नगदी, जिन्सी सम्पत्तिको उचित उपयोग र संरक्षण व्यवस्था भए नभएको
    – आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी भए नभएको
    – राजस्व तथा कोषको संकलन, दाखिला र हिसाव ठीक भए नएको
    – धरौटी सम्बन्धी प्रचलित व्यवस्था अपनाए नअपनाएको
    – लक्ष्य प्रगति तथा लागतको हिसाव राखे नराखेको
    – आन्तरिक लेखा परीक्षणको सुझाव कार्यान्वयन भए नभएको।

     आन्तरिक लेखा परीक्षण गर्दा यी मध्ये सबै वा केही विधि अपनाइन्छ :

    • नियन्त्रण परीक्षण (सोधपुछ, अवलोकन, निरिक्षण, विश्लेषण)
    • सारभूत परीक्षण (कारोवारको विस्तृत परीक्षण, विश्लेषणत्मक कार्यविधि)
    • कागजात पुनरावलोकन,
    • गणितीय शुद्धता
    • सुनिश्चितता
    • सोधपुछ
    • अवलोकन
    • भौतिक परीक्षण
    • तुलना।

     तर नेपालमा कानूनी प्रावधान र व्यवस्थापनका सिद्धान्त अनुसार विस्तृत र नियमित परीक्षण गरिदैन। यसका लागि संस्थागत सवलीकरण र प्रणाली निर्माण सहित जनशक्ति व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ।

     

    2.सार्वजनिक क्षेत्र लेखामानमाथि प्रकाश पार्नुहोस्। नेपालको सार्वजनिक क्षेत्र लेखामानको विशेषता उल्लेख गर्दै ती विशेषताका आधारमा नेपालको सार्वजनिक क्षेत्र लेखामान कति स्तरीय छ भन्ने लाग्छ ? छोटकरीमा उल्लेख गर्नुहोस्। (५.५) १०

     सरकारी वित्तीय कारोवार वास्तविक र विश्वसनीय हुनुपर्छ। किनकी सरकारी निकायहरुले अरुको साधनको कारोवार गरेको हुन्छन्, जसमाथि सार्वजनिक चासो रहन्छ।
     आर्थिक करोवारको विश्वसनीयताको आधार यसको अभिलेख र प्रतिवेदन हो, जसले पूर्णता, यथार्थ, पारदर्शिता र तुलनायोग्ता देखाउन सक्नुपर्छ।
     लेखामानले वित्तीय कारोवारलाई मान्य, विश्वसानीय र पूर्ण बनाउने काम गर्दछ। अर्को शव्दमा लेखा अभिलेख तथा प्रस्तुतीलाई मान्य र विश्वासनीय बनाउन जारी गरिने मानक र मापदण्डहरु नै लेखामान हुन्।
     कारोवारको अभिलेख तथा प्रतिवेदनका लागि अन्तराष्टिय लेखामान बोर्ड (Internations Accounting Standards Board : IASB) मार्फत अन्तराष्टिय लेखा प्रतिवेदनमान (IFRS) जारी भएको छ।
     त्यस्तै (International Federation of Accountants (IFAC) ले अन्तराष्टिय व्यावसायिक तथा सार्वजनिक क्षेत्रका लेखामानहरु जारी गरेको छ। IPSASB ले जारी गरेको मानकसंग मिल्दोजुल्दो हुनेगरी नेपाल लेखामान बोर्ड नगदमा आधारित सार्वजनिक क्षेत्र लेखामान जारी गरेको छ।
     लेखामानले वित्तीय कारोवारको आधार, प्रतिवेदनको अंग, प्रतिवेदन अवधि लगायतका कुराहरु समेटी निर्णयकर्तालाई निर्णय आधार, लेखा परीक्षकलाई वित्तीय जवाफदेहिताको विवेचना आधार र सर्वसाधारणलाई कारोवारको यथार्थ स्थितिको जानकारी दिन्छ।
     नेपालमा २०६६ देखि नेपाल सार्वजनिक क्षेत्र लेखामान (NPSAS) जारी गरी २०७० बाट क्रमशः लागू गरिएको छ। यसका प्रमाुख विशेषताहरु :

    • सजिलै बुझिने (Undersntandability)
    • सान्दर्भिक (Relevance)
    • बस्तुपरकता (Materiality)
    • विश्वसनीय (Faithful Representation)
    • सारभूत पक्षमा केन्द्रित (Subsatance over form)
    • तटस्थता (Neutrality)
    • वित्तीय सवलता (Prudence)
    • पूर्णता (Completeness)
    • तुलनायोग्यता (Comparability)

     नेपालको सार्वजनिक क्षेत्र लेखामानले अन्तराष्ट्रिय स्तरको मानलाई प्रतिनिधित्व गर्दछ। IPSAS ले नगद वा प्रोदभावी लेखा आधार सिफारिस गरेको छ भने नेपालले पनि नगदमा आधारित लेखामान अवलम्वन गरेको छ।
     निजी तथा अन्तराष्ट्रिय क्षेत्रमा अपनाइएका लेखामानलाई आधारमानी ल्एक्ब्क् नेपाल सरकारबाट स्वीकृत भै क्रमशः लागू भएको छ। यसमा महालेखा परीक्षकबाट केही प्रतिक्रियाहरु प्राप्त भएका छन्। जस्तो कि ः
    – सरकारको सम्पत्तिको अभिलेख र यथार्थ प्रतिवेदन तयार हुने गरेको छैन।
    – अर्थ मन्त्रालयको Aid Management Portal, सम्बन्धित मन्त्रालयको विवरण र महालेखा नियन्त्रको विवरणबीच फरक आउने भएकोले विश्वसनीयतामा प्रश्न
    – महालेखा नियन्त्रक र नेपाल राष्ट्र बैंकको कोष तथा नगद अवस्था प्रतिवेदनमा बुझाईमा एकरुपता छैन।
    – वैदेशिक स्रोत तर्फको प्राविधिक सहायता प्रतिवेदनमा समेटिदैन।
    – केन्द्रीय निकाय बाहेक अन्य नियन्त्रित निकायको पेश्कीको यथार्थ विवरण नआउने।
    – NPSAS र विषयगत मन्त्रालयले बुझाएको केन्द्रीय आर्थिक विवरणबीच फरक आउने गरेको
    – आन्तरिक ऋणको यथार्थ विवरण मिलाउने काम भर्खर हुदै गरेको।
    – Whole of the Government को पूर्ण चित्र आउन नसकेको।
    – NPSAS सँग अनुकूलनको क्षमता विकास आवश्यक।

     

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100