काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ।
बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको छ। प्याज सुकेको ५७ रुपैयाँ ६७ पैसा, लोकल गाजर ११० रुपैयाँ, सेतो मूला हाइब्रीड २७ रुपैयाँ ६७ पैसा प्रति केजी रहेको छ।
स्थानीय काउली ११० रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ५५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा भारतीय ५५ रुपैयाँ प्रति केजी तोकिएको छ ।