असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने - Chaitanya News
  • 2026-06-28
  • 22:22:00
  • आइतबार,आषाढ १४, २०८३
  • असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

    असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

    काठमाडौं– यो वर्षको दसैँसहितका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।

    राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले असोज १३ बाट सुकिला नोट साट्न सकिने व्यवस्था मिलाउन लागिएको बताए। यो वर्ष नयाँ नोट भने नसाट्ने राष्ट्र बैंकले निर्णय गरिसकेको छ।