१० दिनभित्र २५ हजार मेट्रिक टन डीएपी मल नेपाल आइपुग्ने - Chaitanya News
  • 2026-06-24
  • 19:31:39
  • बुधबार,आषाढ १०, २०८३
  • १० दिनभित्र २५ हजार मेट्रिक टन डीएपी मल नेपाल आइपुग्ने

    १० दिनभित्र २५ हजार मेट्रिक टन डीएपी मल नेपाल आइपुग्ने

    काठमाडौँ– नेपालले १० दिनभित्र २५ हजार मेट्रिक टन डीएपी मल नेपाल ल्याउने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २५ हजार मेट्रिक टन डीएपी रासायनिक मल चीनबाट कोलकाता आइपुगेकाले ८ देखि १० दिनभित्र नेपालमा आइपुग्ने भएको हो।

    यस्तै, २५ सय मेट्रिक टन युरिया रासायनिक मल विशाखापटनमबाट नेपाल ल्याइने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।

    हाल मन्त्रालयसँग गत आर्थिक वर्ष २०८०र०८१ को सहित गरी १ लाख ३९ हजार रासायनिक मल मौज्दात छ। यसमध्ये युरिया ९१ हजार ५ सय मेट्रिक टन, डीएपी ४१ हजार र पोटास ७ हजार ५ सय मेट्रिक टन मौज्दात रहेको छ।