नेपालमा वर्षभरि नै विभिन्न चाड–पर्व मनाउँछा ती विभिन्न चाड–पर्वमध्ये तीज पर्वपनि एक हो। तीज हिन्दू नारीको महत्वपूर्ण चाड हो। नेपाली महिलाहरुले मनाउने तीज पर्व अब सबै जातजातिका महिलाहरुको साझा पर्व भइसकेको छ। तीज पर्वलाई हरितालिका, हरियाली तीजको नामले पनि बुझिन्छ। यो पर्व नेपाल भारत लगायत हिन्दूहरु बसोबास भएको अन्य मुलुकमा समेत मनाइन्छ।यो पर्वमा व्रतसँगै व्रतको एक दिनअघि दर खाने चलन रहेको छ। जसमा विशेष मिष्ठान्न खानपानका साथै नाचगान र मनोरञ्जन समेत गर्ने चलन छ । हिन्दू् धार्मिक मान्यता अनुसार हिमालय पुत्रीले आफ्नो मन पराएको वर प्राप्तिका लागि जंगल गएर शिव आराधना गर्न थालिन्। धेरै वर्षसम्म आराधनाको फल प्राप्ति नहुँदा एकदिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार वर्त बसिन्। उनको कठोर तपस्या पछि मात्रै शिवजी प्रकट भएर चिताएको कुरा पुगोस् भनेर आर्शीवाद दिनुको साथ उनलाई पत्नीको रुपमा स्वीकार गरे।
पार्वतीले शिवजीलाई पतिको रुपमा पाउनको लागि १०७ औं जन्मसम्म घोर तपस्या गरेको थिइन्। तर, उनलाई १०८औं जन्ममा उनको तपस्या पूर्ण भएको हामीले धर्मशास्त्रमा पढेको छौं। र, यो फल प्राप्ति भएको दिन भाद्र शुक्ल तृतियाको दिन थियो। यो व्रतलाई हरितालिका तीज भन्नुको अर्थ पार्वतीलाई उनका साथीहरुले पिताको घरबाट हरण गरी जंगलमा लगेको प्रसङ्गबाट पनि जोडिन्। यो व्रत सबै विवाहित महिलाले आफ्नो अखण्ड सौभाग्यका लागि गर्छन् भने अविवाहितले शिवजी जस्तो असल श्रीमान पाउनका लागि व्रत पूजन गर्ने गर्दछ।
![]()
म सानो छदा आमासँग तीजमा मावल गएको थिएँ। मावलमा तीज पर्व मनाउदाँ दर खाने दिन (हरितालिका तीज वर्तको अघिल्लो दिन) दहि, घिउ, कांक्रा, आलु र मटरको अचार सँग रातो चामलको भात खाएको झझल्को अहिले जस्तो लाग्छ। त्यसलाई दर भनिन्थ्यो। दर खाएपछि वर्षाै पछि भेट भएका दिदी बहीनीहरुले आफ्ना दःख बेदनाहरु गीतबाट पोख्दै नाचगान गरेर सुत्थ्ये मामाहरुले दर पकाउनुहुन्थ्यो आमा, सानिमा अनि वर्षौ पछि भेट भएका ुसाथिहरु आ–आफ्ना सुख दःखका कुराहरु सुनाउँदै सँगै खाएर सुत्थ्ये। विहान आमा, सानिमाहरु नुहाएर पुजाआजा गर्नुहुन्थ्यो, दिनभर वर्त लिएपछि नाचगान गरी साँझमा बाको अनुमतिमा पानी मात्रै खानुहुन्थ्यो अहिले ति कुराहरु सम्झनामा मात्र छन सायद। अहिले त्यो कुरा नवपुस्ता अथवा सहरमा सुनायो भने बनावटी भाषण जस्तो मात्र हुन्छ। अर्थात्, भनौँ नवपुस्तालाई यस्ता कुराहरु पच्दैन।
पहिलेको तीज अहिले इतिहाँस नै साबित हुन खोज्दैछ। आधुनिक युगले तीज पर्व जोखिममा पर्दै गइरहेको छ। यसका ज्वलन्त उदाहरणहरु प्रसस्तै रहेका छन् सहर बजारमा । तीजको संस्कृति हराएको अथवा मौलिक पन पलायन भएको अहिलेको तीजमा पाइन्छ। पहिलेको तीजमा माइतीले चेलीको घर गई माइतमा लिएर आएपछि दर खुवाउने प्रचलन थियो भने अहिलेको तीज भनेको सहरका विभिन्न संघसंस्थाहरुले सामूहिक रुपमा तीज पर्व मनाइरहेका छन्। भनौँ न संस्कृतिलाई विकृतितर्फ रुपान्तरण गरिरहेका छन्। महिना दिनअगाडि बाट नै तीज पर्व मनाउनु कति सुखद्रु तीज पर्व नमनाउनु भन्ने होइन। तर, तीजको नाममा भड्किलो खर्च गर्नु, नवपुस्तामा नकारात्मक असर पर्ने गरी पर्व मनाउनु हुँदैन भन्ने कुरा मात्र हो। अहिलेको संस्कृति भनेको विकृतितर्फ मोडिरहेको उदाहरणहरु एक दुई मात्र होइन सयौँ रहेका छन्। पुराना पुस्ताले सिकाएको संस्कृतिलाई नै भुलेर यसलाई विकृति बनाउनु हुन्न भन्ने मेरो व्यक्तिगत धारणा मात्रै हो। यहाँ तीजको नाममा एक महिना अगाडिबाटै दर खाने, भोज भतेर, मादक पदार्थ तथा तीजको नाममा देखासिकी प्रवित्ति हावी भएको छ।
![]()
हाम्रो मौलिक संस्कृति विकृति तर्फ त मोडिरहेको छ। यो एकदमै सोचनीय विषय हो। आफ्नो परम्परा, रीतिरिवाज, संस्कृतिको जर्गेना गर्नु हाम्रो आफ्नै कर्तव्य हो। तर, आफ्नो संस्कृतिलाई नै भड्किलो बनाउँदा भने आगामी पुस्ताले हामीबाट के सिक्नेरु तीज पर्वको नाममा विकृतिका गीतहरु युट्युवमा प्रसस्त छन्। युट्युवमा तीज गीत भनेर सर्च गर्ने हो भने आफ्ना बा–आमासँग बसेर सुन्ने, हेर्न लायकका गीतहरु विरलै मात्रामा मात्रै भेटिन्छन्। तीजका गीत, रीतिरिवाज, संस्कृतिलाई जोगाउने खालका गीत हराउँदै गएका छन। पुराना प्रचलनका संस्कृति हराउँदै आधुनिक तर्फ मोडिएको प्रसस्तै र्पाइरहेका छौं। तीज पर्व महिलाहरुका लागी अत्यन्त ठूलो पर्व हो। त्यसो त नेपालीहरुका लागी सबै चाड उत्तिकै प्रिय रहन्छन्, छन्। तर, तीज पर्व भड्किलो बन्दै गएकोमा दुईमत भने छैन। केहीलाई भने आधुनिक तीज पर्व राम्रै लाग्ला तर, पुराना पुस्ताले यसलाई स्वीकार गर्न गर्दैनन्।
त्यसो त सबै सहरका मानिसहरुले तीज पर्वलाई भड्किलो बनाएका छैनन्। केहीले तीजलाई विकृति नै बनाएका छन् भन्नमा कुनै हिचकिचाउनु पर्दैन। केहीले भने यो प्रवित्तिलाई सकारात्मक रुपमा लिएको पाइँदैन। तीज पर्वको नाममा स्वास्थ्य लाई मात्रै नभएर समाजलाई नै जोखिममा पारेको देखिन्छ। महिला दिदी बहिनीहरु आफ्नो पतिको स्वास्थ्य, दीर्घायु, तथा उनले चाहेका मनोकाङ्क्षाहरु पुरा हुन् भनेर वर्त बस्ने प्रचलन गएको देखिन्छ। मेरो भनाईले गलत अर्थ नलागोस् कि वर्त लिनैपर्छ भन्ने होईन, संस्कृतिलाई विकृतितर्फ रुपान्तरण नगरौँ भन्ने मात्र हो। सहरमा तीज पर्व भनेको एक दिन होइन महिनौँ अगाडिबाट खाने, नाचगान गर्ने मात्र होइन, आफ्ना नयाँ गहना सो गर्ने प्रचलन हावी भएको छ। केही हुनेखाने मानिसमा सचेतनाको कमजोरीले गर्दा महंगा कपडा, गहना सो गर्दा गरीब, विपन्न, असहाय तथा कमजोर मानिसहरुलाई कति असर पर्छ भन्ने हेक्का राख्नुपर्छ कि पर्दैनरु यो विषय एकदमै सोचनीय विषय हो। एक जनाको कारणले गर्दा सम्पूर्ण समाज नै दुर्घन्धित अर्थात् गरीब, विपन्न मानिसहरुलाई नकारात्मक असर पर्ने गरेको छ। धनीहरुले गहना सो गरेका कारण गरीब तथा विपन्न मानिसहरुलाई पनि लाउने खाने रहर हुन्छ। सहरमा त महंगा कपडा नलगाए, गहना सो नगरे चाडपर्व नै आएजस्तो हुँदैन। तर, गाउँमा भने चाडपर्व अलिक भिन्न रहेपनि सहरको देखासिखीले गर्दा नकारात्मक सृजना पैदा भइरहेको छ। गाउँमा त अझै सरसापट चल्छ तर, सहरमा त्यो चल्दैन।![]()
यसले त यस्तो खायो। उसले त उस्तो लगायो। हामी नि खानुपर्छ। लगाउनुपर्छ भन्ने कुरा हाबी भइरहेको छ। यो एउटा प्रतिनिधि घटना मात्र हो। विहान हाँस्दै गह्रुगों झोला बोकेर स्कूल गएको छोरो बेलुका घर आउँदा किन निष्क्रिक्क पर्छरु किनकि, उस्ले भन्छ, ‘ममि मेरो साथीको मा त पुलउ र मासु खाएको अरे हिजोँ, हाम्रोमा नखानेरु’ यसो भन्दै गर्दा त्यो गरीब आमाको मन रुनु, मौन हुनु सिवाय अरु के हुन्छ? मेरो तर्क के मात्रै भने हाम्रो संस्कृति देखासिकी मा मात्र हैन, व्यवहारमा र संस्कृतिको जर्गेना गर्न तर्फ लाग्नुपर्ने हुन्छ भन्ने मात्रै हो। यो देखासिकीको बारेमा, गरगहना देखाउने अथवा पर्वलाई भड्किलो बनाइरहने विषयमा किन सरोकारवालाहरु, बौद्धिक मानिसहरु आवाज उठाउँदैनन् ? कि यीनिहरु नै यी कुरामा संलग्न छन्? अब नेपाली महिलाहरुले तीज पर्वको नाममा भड्किलो बनाउनु भन्दा पनि समाजमा बढ्दै गइरहेका विकृतिलाई, विसंगतिलाई, सचेत गराउनुपर्ने देखिन्छ। मुलुकी फौजदारी संहिता २०७४ र मुलुकी देवानी संहिता २०७४ मा महिलाको अधिकार सुनिश्चित गरिएकाले आफ्नो अधिकार जान्नका लागी महिलाहरुले आँफैबाट जागरुप हुनुपर्ने देखिन्छ। महिलाहरुले तीजलाई विकृति बनाउने हैन, यस अवसरमा महिलाले आफ्नो अधिकार माग्नुपर्छ। महिलालाई महिला अधिकारकै बारेमा सामान्य जानकारी छैन भने तीज पर्वको नाममा देखावटी संस्कृति देखाएर मात्र हुन्न। पछिल्लो समय दिनैपिच्छे बलात्कार, महिला हिंसा, हत्या, एकल महिलामाथी दुव्र्यवहार, बोक्सीको आरोप, लाग्ने गरेको छ यो तर्फ आवाज कहिले उठाउने? बलात्कारीलाई फाँसीको माग मात्र गर्ने कि तीज जस्तो महत्वपूर्ण पर्वको जगेर्ना पनि गर्ने? महिलाहरु सबल बन्नुपर्छ भन्ने कुरामा मेरो तर्क हो। महिलाहरु सबल बनुन्, तीज पर्व भड्किलो नबनोस् सबैमा हरितालिका तीज २०८१ को हार्दिक मंगलमय शुभकामना।
![]()