काठमाडौँ– काठमाडौँ महानगरपालिकाले पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई ५ लाखसहित सम्मान गरेको छ। यस्तै प्रशिक्षक कविराज नेगीलाई पनि महानगरले ३ लाख रुपैयाँसहित सम्मान गरेको छ।
आज (बुधबार) एक कार्यक्रमकाबीच महानगरका प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलले उनीहरूलाई नगदसहित सम्मान गरेका हुन्। पेरिसमा भएको पारा ओलम्पिकमा के ४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन्। यो नै नेपाली खेलाडीहरूले ओलम्पिकमा जितेको पहिलो पदक हो।