काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ३६.८३ अंकले घटेको छ। २७९१ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच २७४९ बिन्दुमा पुगेर रोकिएको हो।
यो सातामा ४ दिन सेयर कारोबार भयो। आइतबार ८० अंकले बजार घटेको थियो। सोमबार सार्वजनिक बिदा भएका कारण कारोबार भएन। मंगलबार पुनः ११२ अंकले घट्दै परिसूचक २७८२ बिन्दुमा ओर्लिएको थियो। बुधबार अन्तिम समयमा बजारमा ३्८० अंकको वृद्धि देखियो। आज फेरि घटेको छ। यो साताको ४ दिनमा मात्रै बजार १४५ अंकले झरेको छ।
बिहीबार ५३ कम्पनीका लगानीकर्ताले कमाएका छन्। १८८ कम्पनी घाटामा जाँदा २ कम्पनीको मूल्य भने स्थिर रह्यो। आज कुल ३२२ कम्पनीको २८ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ।