1. किलर न्युमोनिया भनेर कुन रोगलाई चिनिन्छ ?
A. सापु B. सार्स C. ठेउला D. बिफर
2. साहित्यमा नोबेल पुरस्कार पाउने पहिलो महिला को हुन ?
A. म्याडम क्युरी B. विजया लक्ष्मी पण्डित C. क्यारोलिन मिशेलसन D. सेल्मा लागरलोफ
3. संयुक्त राज्य अमेरिकाद्धारा जर्मनी विरुद्ध युद्धको घोषणा कहिले भएको थियो ?
A. सन् १९१७ अप्रिल ६ B. सन् १९१८ अगष्ट ७
C. सन् १९१९ जुन २८ D. सन् १९१६ अगष्ट २८
4. NATO को महासचिवमा नेदरल्याण्डका पूर्व प्रधानमन्त्री मार्क रुट्टो कहिले निर्वाचित भएका हु्न् ?
A. सन् २०२४ जुन २० B. सन् २०२४ जुलाई २६ C. सन् २०२४ जुन २६ D. सन् २०२४ अगष्ट २०
5. जंगी र निजामती कर्मचारीहरुलाई रकम सापटि दिन प्रबन्ध मिलाउने अड्डालाई के भनिन्थ्यो ?
A. तेजारथ अड्डा B. धर्मकचहरी C. वृत्ति अधिकरण D. अपिल अड्डा
6. तलका भनाई विचार गर्नुहोस् ।
१. वि.सं.२०१६ सालमा प्रतिनिधिसभाको प्रथम बैठकको अध्यक्षता गर्ने व्यक्ति कृष्णप्रसाद भट्टराई हुन ।
२. वि.सं. २०१५ सालको आम निर्वाचनमा देशभर १०९ निर्वाचन क्षेत्र रहेका थिए ।
A. १ ठिक २ बेठिक B. दुबै ठिक C. २ ठिक १ बेठिक D. दुबै बेठिक
7. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
समुह I समुह II
a. विनय पिटक 1. बुद्ध धर्मका दर्शनहरु
b. शुक्ति पिटक 2. भिक्षु भिक्षुणीहरुले पालना गर्नुपर्ने नियम
c. अभिधम्म पिटक 3. भगवान बुद्धका उपदेशहरु समावेश
A) a2,b3,c1 B) a3,b2,c1 C) a2,b1,c3 D) a1,b2,c3
8. कुरान कुन जातिको धार्मिक ग्रन्थ हो ?
a. किराँत B. इसाई C. मुस्लिम धर्म D. बोन
9. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
पुरस्कार २०८० प्राप्त व्यक्ति
1. मानश्री – महावीर पुन
2. बसुन्धारा – डा. सन्दुक रुईत
3. उत्तम शान्ति – डा. नवराज के.सी
4. भैरव वाङ्मय – अभि सुवेदी
माथि दिइएका जोडाहरु मध्ये कुन सहि छन ?
A. १ र २ ठिक B. १ र ४ ठिक C. ३ र ४ ठिक D. सबै ठिक
10. कामिरिता शेर्पाद्धारा 30 औ पटक सगरमाथा सफल आरोहण कहिले गरेका हुन ?
A. २०२४ मे १० B. २०२४ मे ११ C. २०२४ मे १४ D. २०२४ मे २२
11. तलका भनाई विचार गर्नुहोस् ।
१. संयुक्त राष्ट्र संघको वर्तमान उपमहासचिव एन्टोनियो गुटेरेस हुन ।
२. संयुक्त राष्ट्रसंघका वर्तमान महासचिव नेपालमा २०८० कात्तिक १२ गते आएका हुन ।
A. १ ठिक २ बेठिक B. सबै ठिक C. १ बेठिक २ ठिक D. दुबै बेठिक
12. राष्ट्रिय जनगणना २०७८ अनुसार औषत परिवारको आकार सबैभन्दा धेरै भएको जिल्ला कुन हो ?
A. झापा B. रौतहट C. काठमाडौँ D. ललितपुर
13.सुरक्षा परिषद्का १० अस्थायी सदस्य मुलुक मध्ये देहायका मध्ये कुन कुन मुलुकको कार्यकाल २०२३ मा सकिएको हो ?
A. अल्बानिया, ब्राजिल, ग्याबोन, घाना, युयई
B. अल्बानिया, ब्राजिल, ग्याबोन, घाना, माल्टा
C. जापाा, माल्टा अल्बानिया, ब्राजिल, ग्याबोन
D. अल्बानिया, ब्राजिल, द. कोरिया, स्लोभेनिया
14.सार्वजनिक संस्थान वार्षिक स्थिती समीक्षा, २०८० अनुसार घाटामा सञ्चालित संस्थान कति वटा रहेका छन ?
A. २० वटा B. २५ वटा C. २२ वटा D. १७ वटा
15. खुसी सुचकांक, २०२४ अनुसार सार्कमा सबैभन्दा खुशी हुने देश कुन हो ?
A. अफगानिस्तान B. नेपाल C. भारत D. बंगलादेश
16. खोटाङ पूर्ण खोप सुनिश्चित तथा दिगाेपना जिल्ला कहिले भएको हो ?
A. वि.सं. २०८१ असार १ B. वि.सं. २०८१ असार १८
C. वि.सं. २०८१ असार २५ D. वि.सं. २०८१ असार ३०
17. नेपाल र अमेरिका बिच भएको MCC सम्झौता राजपत्रमा कहिले प्रकाशित भएको हो ?
A. वि.सं. २०७९ बैशाख १५ B. वि.सं. २०८० बैशाख १५
C. वि.सं. २०७९ बैशाख १३ D. वि.सं. २०८० भदौ १३
18. रामचन्द्र पौडेल तेस्रो राष्ट्रपतिका रुपमा निर्वाचित कहिले भएका हुन ?
A. २०७९ पुष २५ B. २०७९ फागुन २५
C. २०७९ माघ २५ D. २०७९ चैत्र २५
19. नेपालको ईतिहासमा जनमत संग्रह हुँदा नेपालको प्रधानमन्त्री को थिए ?
A. सुर्य बहादुर थापा B. बि.पि कोईरला C. डा. तुलसी गिरी D. लोकेन्द्र बहादुर चन्द
20.दिगो विकास प्रतिवेदन, 2024 मा नेपाल कति औ स्थानमा रहेको छ ?
A. ९१ औ B. ९५ औं C. ९९ औं D. ९३ औं
उत्तरहरु:
1. B 11. C
2. D 12. B
3. A 13. A
4. C 14. D
5. A 15. B
6. B 16. B
7. A 17. A
8. C 18. B
9. D 19. A
10. D 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100