1. सबैभन्दा बढि स्थानिय तह भएको जिल्ला कुन हो र कति वटा स्थानीय तह रहेको छन ?
a. रौतहट – २१ b. सर्लाही – २० c. धनुषा – १९ d. सप्तरी- २०
2. निम्न लिखित जोडा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
उपकरण आविष्कारक
१. प्रिन्टिङ प्रेस – जोहानेस गुटिनवर्ग
२. सिमेन्ट – एस्पिडिन
३. मोटरकार – हेनरी फोर्ड
माथि दिइएका जोडाहरु मध्ये कुन कुन सहि छन ।
A. १ र २ मात्र B. २ र ३ मात्र सहि C. १ मात्र सहि D. माथिका सबै
3. देहायका मध्ये कुन जोडा गलत छ ?
A) Father of Circulation – विलियम हार्बे
B) Father Of Botany – थियोफ्रेटस
C) Father Of Invention – थोमस अल्वा एडिसन
D) Father of Microbiology -कार्ल भोन वयर
4. अन्तर्राष्ट्रिय दुरसञ्चार संघ ITU को प्रधान कार्यालय कहाँ रहेको छ ?
A. जेनेभा B. स्वीजरल्याण्ड C. ब्रसेल्स D. बंगलादेश
5. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
नगर जिल्ला
a. गाईघाट 1. झापा
b. चन्द्रगढी 2. रामेछाप
c. चामे 3. उदयपुर
d. मन्थली 4. मनाङ
A) a1,b2,c3,d4 B) a3,b4,c2,d1 C) a3,b1,c4,d2 D) a4,b1,c3,d2
6. सगरमाथाको नयाँ उचाई मापन चीन र नेपालको संयुक्त घोषणा पुष्टि कहिले भएको हो ?
a. वि.सं. २०७७ मंसिर २३ B. वि.सं. २०७७ मंसिर २४
C. वि.सं. २०७७ जेठ ०७ d. वि.सं. २०७७ माघ २३
7. नोबल शान्ति पुरस्कार द्दण्द्दघ कसलाई प्रदान गरियो ?
A) Narges Mohammadi B) Paul Lynch C) Taylor Swift D) Georgi Gospodinov
8. राष्ट्रिय सभाको निर्वाचन गर्ने कहिले सम्पन्न भयो ?
A. २०८० माघ ०५ B. २०८० माघ ११ C. २०८० चैत्र १२ D. २०८० मंसिर १०
9. तल दिइएका भनाई विचार गरी सहि उत्तर छनोट गर्नुहोस् ।
१. उत्तर अमेरिकाको सर्वाधिक अग्लो पहाड माउन्ट मेकिन्ले हो ।
२. उत्तर अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखी स्थल माउन्ट सेन्ट हेलेस हो ।
३. Morie Island प्रशान्त महासागरमा पर्दछ ।
A. सबै सहि B. सबै गलत C. १ ठिक २ र ३ गलत D. २ ठिक १ र ३ गलत
10. संसारमा सबैभन्दा बढी पातला कुवा (Artesian Well) कुन महादेशमा पाईन्छ ?
A. दक्षिण अमेरिकामा B. उत्तर अमेरिकामा
C. अन्टार्कटिका महादेशमा D. अस्ट्रेलिया महादेशमा
11. नेपोलियन कोड तलका मध्ये कुन सँग सम्बन्धित रहेको छ ?
A. नेपोलियन वोनापार्टले देशभरि लागु गरेको कानुन B. नेपोलियन वोनापार्टको डेस कोड
C. नेपोलियन वोनापार्टले देश भरि लागु गरेको कर प्रणाली D. माथिका सबै
12. ”COMMON SENSE ” नामक पुस्तकका लेखक तलका मध्ये को हुन ?
A. दाँते B. रुसो C. थोमस पेन D. मेकियावेली
13. UNESCO Peace Prize, को स्थापना कहिले भएको हो ?
A. सन् १९८९ B. सन् १९२७ C. सन् १९६८ D. सन् १९५९
14. सहनशीलता सुशिला नामक कृतिका रचनाकार को हुन ?
A. भुपि शेरचन B. भैरव अर्याल C. भिमनिधि तिवारी D. रमेश विकल
15. संयुक्त राष्ट्रसंघको लोगोको डिजाईनर को हुन ?
A. नवज्योती सुवेदी B. देवलाल मोक्तान C. मदन चित्रकार D. मार्क आर्किवाल्ड
16. प्रसिद्ध नारद कुण्ड गोरखामा पर्छ भने दामोदर कुण्ड कुन जिल्लामा पर्छ ?
A. रसुवा B. मनाङ C. मुस्ताङ D. गोर्खा
17. सार्कको स्थापना बारे संयुक्त राष्ट्रसंघको कति औ धारामा उल्लेख गरिएको छ ?
A. ५१ धारा B. धारा ५० C. धारा ५२ D. धारा ४८
18. नेपालका एकिकरणका सम्बन्धमा जोडा मिलान गरि सहि उत्तर छनोट गर्नुहोस् ।
विजय वि.स.
a. ललितपुर 1. वि.स. १८३१
b. भक्तपुर 2. वि.स. १८२९
c. चौदण्डी 3. वि.स. १८२५
d. विजयपुर 4. वि.स. १८२६
5. वि.स. १८२२
A) a2,b1,c4,d3 B) a3,b4,c2,d1 C) a2,b1,c3,d4 D) a1,b5,c4,d3
19. मल्लकालिनमा चौतारिया पदले तल दिइएका मध्य कुन जनाउँदथ्यो ?
a. विभागका प्रमुख र क्षेत्रीय प्रमुख b. जङ्गी सेवाका क्षेत्रीय र केन्द्रीय प्रमुख
C. सरकारी खजानाको हाकिम D. राजालाई सल्लाह दिने कार्यपालिका प्रमुख
20. आसियानका संस्थापक देशमा नपर्ने तलका मध्ये कुन हो ?
A. थाईल्याण्ड B. कम्बोडिया C. ईण्डोनेसिया D. मलेसिया
उत्तरहरुः
1. B 11. A
2. D 12. C
3. D 13. A
4. A 14. C
5. C 15. D
6. A 16. C
7. A 17. C
8. B 18. B
9. A 19. B
10. D20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 546